२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

विश्व सुन्दरी प्रतियोगितामा भाग लिँदै पथरीकी रन्जु

Author Uttari Morang
मंगलबार, साउन १४, २०८२
विश्व सुन्दरी प्रतियोगितामा भाग लिँदै पथरीकी रन्जु

पञ्चायत माध्यमिक विद्यालयकी पूर्व विद्यार्थी रिजु भट्टराइले विश्व सुन्दरी प्रतियोगितामा भाग लिने भएकी छन् ।

मिस ग्लोब जितेकि भट्टराई  विश्व सुन्दरी भिड्न अल्वानिया जान लागेकी हुन् । रिजुलाइ विद्यालय ब्यबस्थापन समिति अध्यक्ष यज्ञ बास्कोटा र प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको हातबाट बधाई, शुभकामना पत्र, खदा र मायाको चिनो प्रदान गरिएको थियो । रिजुलाइ पञ्चायत माविको लोगो भएको टिसट समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा उपस्थित  शिक्षकहरुले टिका र खदा लगाएर शुभकामना दिएका थिए  ।

शिक्षक विवेक सुवेदीले अमेरिकामा विद्यावारिधि गर्ने अवसर

त्यसैगरी पञ्चायत माविका शिक्षक विवेक सुवेदीले अमेरिकामा विद्यावारिधि गर्ने अवसर पाएका छन् ।
बिक्रम सम्बत २०७८ सालदेखि पञ्चायत माविको विज्ञान संकायमा भौतिक विज्ञान विषयमा कक्षा ११ र १२ पढाउदै आएका सुवेदीलाई अमेरिकामा विद्यावारिधिको छात्रावृत्ति प्राप्त भएको हो । सो अबसर पाएपछि सुवेदी अध्ययनको लागि त्यसतर्फ जान लागेका छन् ।
विश्व सुन्दरी प्रतियोगितामा भाग लिने रन्जु र शिक्षक सुवेदी दुवैजनालाई सोमबार विद्यालयले सम्मान तथा शुभकामना कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो । नमुना घोषित पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटा, सहायक प्रधानध्यापक मोहन शर्मा, शिक्षक चक्रधर गौतम, गणेश विष्ट लगायतले शुभकामना दिएका थिए ।