२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

पञ्चायत माविमा आशालाग्दो नतिजा, रेडस्टारले ल्यायो ३.९६ जीपीए

Author Uttari Morang
मंगलबार, साउन २१, २०८२
पञ्चायत माविमा आशालाग्दो नतिजा, रेडस्टारले ल्यायो ३.९६ जीपीए

राष्ट्रिय परीक्षा बोर्डले आइतबार साँझ प्रकाशित गरेको कक्षा १२ को नजितामा मोरङको पथरीशनिश्चरे स्थित सार्वजनिक विद्यालय पञ्चायत माविको नजिता आशालाग्दाे देखिएको छ ।
पञ्चायत मावि नेपाल सरकारबाट निर्वाचन क्षेत्र स्तरीय नमुना घोषित विद्यालय हो । विद्यालयबाट परीक्षा दिएका विज्ञान संकायबाट युगलकिशोर दाहालले ३.८८ र सिभिल इन्जिनियरिङका दिपेश नेपालले ३.७५ जीपीए ल्याएर उतिर्ण भएका छन् ।
पथरीशनिश्चरे नगरमा ६ वटा सामुदायिक (सरकारी) र ८ वटा संस्थागत (निजी) गरी १४ वटा विद्यालयबाट कक्षा १२ को परीक्षा दिएका थिए ।
पञ्चायतबाट साधारण धार ६४.५६ र प्राविधिक धारतर्फ ९५ प्रतिशत नजिता आएको विद्यालयका प्रधानाध्यापक अर्जुन बुढाथोकीले बताउनुभयो । पञ्चायतको नजिता सामुदायिकतर्फ सबैभन्दा उच्च र संस्थागतसँग झण्डै हाराहारीमा आएको प्रधानाध्यापक अर्जुन बुढाथोकीले बताउनुभयो ।
पथरीशनिश्चरे नगरमा उच्च जीपीए ल्याउनेमा रेडस्टारका चन्दन शाह र प्रविन कट्टेलले समान ३.९६ जीपीए ल्याएर कक्षा १२ उतिर्ण गरेका छन् । रेडस्टारले समग्रमा यो बर्ष नगरकै उच्च ९७.४ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएको हो ।
त्यसैगरी संस्थागतफर्त मोरङ मेरिगोल्डले ९६.५५, न्यु प्यागोडाले ८६.६७, एभरेष्ट स्कुलले ८६.१७, अन्नपूर्णले ८०, बाल्मीकि मेमोरियलले ७१.१५, अरुणोदयबाट ६५ र भूपू सैनिक स्कुलबाट ५५.५६ प्रतिशत विद्यार्थी उतिर्ण भएको पथरीशनिश्चरे नगर शिक्षा विभाग प्रमुख नवीन खुलालले बताउनुभयो ।
सार्वजनिक विद्यालयतर्फ पञ्चायत पछि सिंहबाहिनीबाट ६३.१६ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । जनता माविबाट ४१.३, बुद्ध माविबाट ३८.६१, भागिरथ माविबाट ३०.३० र अमरसिंह माविबाट २४.२४ प्रतिशत विद्यार्थी उतिर्ण भएको नगर शिक्षा विमाग प्रमुख खुलालले जानकारी दिनुभयो ।
पथरीशनिश्चरेबाट २०८१ सालको परीक्षामा एक हजार ३२९ विद्यार्थीले परीक्षा दिएकोमा ९३४ जना उतिर्ण भएको खुलालले बताउनुभयो । यो उतिर्ण संख्या ७०.२९ प्रतिशत हो ।
नेपालमा यो बर्ष ६१.१७ प्रतिशत विद्यार्थी उतिर्ण भएकोमा पथरीशनिश्चरे नगरबाट ७० प्रतिशतभन्दा बढी आउनु शन्तोषजनक मान्नुपर्ने नगर शिक्षा विभाग प्रमुख खुलालको भनाइ छ ।