२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

रेडस्टारद्वारा कक्षा १२ मा नेपाल टप गर्ने विद्यार्थीहरु पुरस्कृत

Author Uttari Morang
शनिबार, साउन २५, २०८२
रेडस्टारद्वारा कक्षा १२ मा नेपाल टप गर्ने विद्यार्थीहरु पुरस्कृत

राष्ट्रिय परीक्षा बोर्डद्वारा भर्खरै प्रकाशित कक्षा १२ को परीक्षामा बोर्ड टप गरेको दावि गर्दै मोरङको पथरीशनिश्चरे—२ स्थित रेडस्टार अंग्रेजी आवासीय माविद्वारा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
प्रकाशित परीक्षामा रेडस्टारमा व्यवस्थापन समूहमा अध्ययनरत दुई विद्यार्थीले ३.९६ जीपीए प्राप्त गरेका थिए । यसरी उच्च जीपीए ल्याउने विद्यार्थीहरु चन्दन साह र प्रविण कट्टेलले समान ३.९६ जीपीए ल्याएर उतिर्ण भएका छन् । यसभन्दा बढी जीपीए कसैले नल्याएको भन्दै नेपाल टप भएको विद्यालयको दावी छ ।
दुवै विद्यार्थीहरुलाई पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापाेकाे हातबाट नगद ५० हजारको दरले पुरस्कृत गरेका छन् । त्यसैगरी समान ३.९२ जीपीए ल्याएर उतिर्ण हुने विद्यार्थी मनिषा पोखरेल र प्रमिस रिजाललाई जनही २० हजारको दरले पुरस्कृत गरिएको रेडस्टार आवासीय माविका प्रिन्सिपल टीएन तिम्सिनाले बतउनुभयो । मानिषा र प्रमिसले ल्याएको जीपीए पनि पथरीशनिश्चरे नगरकै उच्च हो ।
कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्वापाेले विद्यालय र विद्यार्थीहरुको मेहनतले नगरकै गौरव बढाएको बताए ।
परीक्षामा ३.९६ जीपीए ल्याउने विद्यार्थी चन्दन साहले यो सफलता आफ्नो मेहनत मात्र नभएर रेडस्टार विद्यालय, अभिभावक त्रिपक्षीय भूमिका रहेको बताए ।
त्यसैगरी ३.९६ जीपीए ल्याउने विद्यार्थी प्रविण कट्टेलले रेडस्टार शैक्षिक हबको रुपमा स्थापित भएको भन्दै एउटा उदाहरण आफूनै भएको बताए।

२०८२ वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा रेडस्टारबाट २७० जना विद्यार्थी सहभागी भएकोमा ३.६० भन्दा माथि जीपीए ल्याउने २९ जना, ३.२० भन्दा बढी ल्याउने १२७ विद्यार्थी रहेका छन् । विद्यालयबाट ९७.०४ प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए । उतिर्ण संख्या मोरङको पथरीशनिश्चरे नगरमा सबैभन्दा बढी प्रतिशत हो ।
रेडस्टार स्कुलबाट गत साल एसइई परीक्षामा अजय लिम्बू र सतिष आचार्यले जीपीए—४ ल्याएका थिए । रेडस्टारसँगै रहेको ऋतम्भरा बहुमुखी क्याम्पसबाट बीबीएस परीक्षा दिएकी कृतिका भट्टराईले ७६.८० प्रतिशत अंक ल्याएर उतिर्ण भएका थिए । रेडस्टारमा हाल एक हजार छ सय विद्यार्थी अध्ययनरत छन् ।