२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

मोरङका निजी विद्यालयका सञ्चालकहरु आन्दोलित

Author Uttari Morang
शनिबार, साउन ३२, २०८२
मोरङका निजी विद्यालयका सञ्चालकहरु आन्दोलित

संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन् ।
निजी विद्यालय सञ्चालकहरूका संगठन प्याब्सन र एनप्याब्सनले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
मोरङ्को बेलबारीमा पनि नगरपालिका मार्फत ज्ञापनपत्र बुझाईएको छ । प्याब्सन मोरङ अध्यक्ष जगत बस्नेत,बेलबारी अध्यक्ष भगवतीप्रसाद घिमिरे लगायतले नगर प्रमुख दिलप्रसाद राईलाई ज्ञापनपत्र बुझाएका हुन ।
शुक्रबार जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापन पत्र बुझाएका निजी विद्यालय सञ्चालकले भदौ १ गते प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई पनि ज्ञापनपत्र बुझाइने, भदौ २ गते आफ्नो क्षेत्रका सांसदहरूलाई ज्ञापन पत्र बुझाउने र सुझाव संकलनका लिग राष्ट्रिय परिषद्को भर्चुअल बैठक गर्ने निर्णय प्याब्सन /एनप्याब्सले गरेका छन् ।
त्यस्तै भदौ ३ गते पालिका, ४ गते जिल्ला, ५ गते प्रदेशस्तरीय आन्दोलन तयारी बैठक गर्ने र ६-७ गते केन्द्र/प्रदेशस्तरमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम तय गरिएको छ ।