२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

रेडस्टार माविद्वारा कक्षा १२ पास आउट विद्यार्थीलाई सम्मान सहित बधाई 

Author Uttari Morang
आइतबार, भाद्र ०१, २०८२
रेडस्टार माविद्वारा कक्षा १२ पास आउट विद्यार्थीलाई सम्मान सहित बधाई 

मोरङको पथरी शनिश्चरेमा राष्ट्रिय परीक्षा बोर्ड २०८२ मा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान सहित बधाई तथा शुभकामना प्रदान गरिएको छ।
आज रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयद्वारा एक सम्मान कार्यक्रमको आयोजना गर्दै आफ्नो विद्यालयबाट यसै शैक्षिक सत्र २०८२ को कक्षा १२ मा सर्वोत्कृष्ट ३.९६ जिपीए ल्याई नेपाल टप छात्र-छात्राहरूलाई सम्मान सहित बधाई र शुभकामना प्रदान गरिएको हो।
विद्यालयका निर्देशक तथा प्रिन्सिपल टी एन तिम्सिनाले विगत ७ वर्षदेखि एक अब्बल शैक्षिक ‘हब’को रूपमा स्थापित सो विद्यालयको कक्षा १२ मा व्यवस्थापन सहित सबै विधामा उत्कृष्ट नजिता हासिल गरेको बताउनु भयो।
कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले पथरी शनिश्चरेमै सबै विषय समूह मध्ये सर्वाेत्कृष्ट ३.९६ र ३.९२ जिपिए ल्याउन सफल चन्दन शाह, प्रवीण कटेल, मनिषा पोखरेल र प्रमिश रिजाललाई पनि रुद्राक्ष माला, अबिर ,टीका , रुद्राक्ष माला र मायाको चिनो सहितले सम्मान गर्नुभएको थियो।
सम्मान पश्चात् नगर प्रमुख तुम्वापोले–‘यस पटकको कक्षा १२ को नतिजामा सर्वाेत्कृष्ट अंक ल्याई नेपाल प्रथम बन्नका लागि विद्यार्थी, अभिभावक र विद्यालय परिवारको त्रिपक्ष महत्वपूर्ण भूमिकाले मात्रै यो सफलता प्राप्त भएको चर्चा गर्दै आगामी दिनमा पनि यस्तै नतिजाको निरन्तरताका लागि शुभकामना व्यक्त गर्नुभयो।
उहाँले यस विद्यालयले पढाइका अतिरिक्त खेलकुद, गीत – संगीत, वक्तृत्वकला, आदिमा एक अब्बल दर्जाको विद्यालयमा दर्ज गरिसकेको चर्चा गर्नुभयो ।
यस वर्ष कक्षा १२ को एसएलसी परीक्षामा देशैभरिका ५ लाख १० हजार ९ सय ८७ विद्यार्थहरूलाई उछिन्दै चन्दन शाह र प्रवीण कट्टेलले व्यवस्थापन विषयमा ३.९६ जिपीए सहित कूल २ सय ६२ जना (९७.०४%) ग्रेडेड र ८ जना ननग्रेडेड भएकाे बताउनु भयो। उहाँले नतिजा अनुसार ३१ जनाले ३.६ भन्दा माथि, १२७ जनाले ३.२ भन्दा माथि, ८९ जनाले २.८ भन्दा माथि र १५ जनाले २.४ भन्दा माथि जिपिए प्राप्त गर्न सफल भएको पनि जनाउनुभयो । गत वर्षको एस.ई.ई.को नतिजामा विद्यालयका सतिश आचार्य र अजय लिम्बुले ४ जिपिए प्राप्त गरेर हरेक वर्ष विद्यालयको उत्कृष्ट नतिजामा निरन्तरता रहेको उल्लेख गर्नुभयो। केही दिनअघि नै ३.९६ जिपिए हासिल गर्ने नेपाल टपर चन्दन शाह र प्रवीन कट्टेललाई जनही ५० हजार तथा मनिषा पोख्रेल र प्रमिश रिजाललाई विद्यालयले २० हजारका दरले नगद पुरस्कार समेत प्रदान गरिसकेको थियो।