२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

छवि वैरागी घिमिरेको उपन्यास ‘विविशारा’ को लोकार्पण कार्यक्रम सम्पन्न

Author Uttari Morang
मंगलबार, आश्विन ०७, २०८२
छवि वैरागी घिमिरेको उपन्यास ‘विविशारा’ को लोकार्पण कार्यक्रम सम्पन्न

वरिष्ठ कवि तथा आख्यानकार छवि वैरागी घिमिरेको उपन्यास ‘विविशारा’ को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।
सुन्दरहरैँचा कला साहित्य विकास समिति तथा कोसी साहित्य–कला परिषद् नेपालको संयुक्त आयोजनामा सुन्दरहरैँचामा एक कार्यक्रम गरी सो कृतिको गृह लोकार्पण हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडाले कृति खरिद गरेर उपन्यास लोकार्पण गरेका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, प्राज्ञ खेम नेपाली, सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी, पूर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, लेखक तथा शैक्षिक व्यक्तित्व लेखनाथ घिमिरे, सुन्दहरैँचाका सामाजिक व्यक्तित्व सुरेन्द्रबहादुर थापा, छन्दबाटिका नेपाल, विराटनगरका अध्यक्ष हरि कट्टेल, विराटनगर प्रज्ञा–प्रतिष्ठानका सचिव दिनेशराज सुवेदी, अच्छा रसिक राई साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष केशव सुनाम, सङ्गीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु के.सी.लगायतका अति विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रममा विराट साहित्य समाज, सुन्दरहरैँचा, भानु साझा पुस्तकालय, सुन्दरहरैँचा, बेलबारी प्रज्ञा–प्रतिष्ठान, बेलबारी साहित्य विकास समिति, झोराहाट नाट्य समाज, नेपाल मुक्त प्रतिष्ठान, कोसी प्रदेश, नोबेल साहित्य संस्था विराटनगर शाखा, राइडर्स महफिल, सुन्दरहरैँचा, सगरमाथा साहित्य प्रतिष्ठान कोसी प्रदेश, सिर्जनामा इनरुवा, रङ्गेली कला साहित्य समाज, स्रष्टा समाज, बेलबारी, कण लघुकथा मञ्च, बेलबारी, नेपाली साहित्य समाज, उर्लाबारी लगायतका विभिन्न साहित्यिक तथा सामाजिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा झापा, मोरङ, सुनसरीका साहित्यिक तथा सामाजिक व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई दुई खण्डमा बाँडिएको थियो । पहिलो सत्रमा गृह लोकार्पण र दोस्रो खण्डमा लोकार्पित कृतिमाथिको विमर्शको कार्यक्रम राखिएको थियो । विमर्श कार्यक्रममा वक्ताका रूपमा महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक डा. अस्मिता विष्ट, नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग सदस्य रामप्रसाद खरेल रहेका थिए । लेखकलाई समेत राखिएको उक्त विमर्श कार्यक्रममा प्रस्तोताले विभिन्न दृष्टिकोणबाट प्रश्न उठाएकी थिइन् । उक्त कार्यक्रमको संयोजन भने नेपाली टेलिभिजन इटहरीका कार्यक्रम सञ्चालक उषाकिरण घिमिरेको रहेको थियो ।
सुन्दरहरैँचा कला साहित्य विकास समितिका उपाध्यक्ष डा. दीपकप्रसाद न्यौपानेले कार्यक्रममा उपस्थित सबैलाई शब्दले स्वागत गरेका थिए । वरिष्ठ साहित्यकार हर्कमान तामाङ, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा, स्थानीय सुजु थापालगायतका व्यक्तिले शुभकामना मन्तव्य दिँदै लेखकलाई कृति सफलताको कामना व्यक्त गरेका थिए ।
कोशी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सोही संस्थाका सचिव नवराज पोखरेल ‘नवशिला’ ले गरेका थिए  ।