२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गीत/साहित्य

इरान राईको  कथा सङ्ग्रह ‘चुडेल्नी’ लोकार्पण

Author Uttari Morang
आइतबार, कार्तिक ०३, २०८२
इरान राईको  कथा सङ्ग्रह ‘चुडेल्नी’ लोकार्पण

बेलबारीका स्रष्टा इरान राईको ‘चुडेल्नी’ कथासङ्ग्रहको लोकार्पण भएको छ । बेलबारी साहित्य विकास समितिको आयोजना बेलबारी १ मा रहेको सगरमाथा इङ्ग्लिस स्कुलको सभा हलामा सम्पन्न कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो ।
पूर्व सांसद एवम् अग्रज स्रष्टा कुन्ता शर्मा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा पूर्व सांसद एवम् वरिष्ठ साहित्यकार हर्कमान तामाङ, संविधान सभा सदस्य एवम् जनगायिका मधु गुरुङ, प्राज्ञ खेम नेपाली, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, अग्रज स्रष्टा सरण राई, कवि तथा समीक्षक मिश्र बैजयन्ती, विराटनगर प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव दिनेशराज सुवेदी, प्रलेस कोसी प्रदेशका अध्यक्ष विन्दु दाहाल मूकदर्शकलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अच्छा रसिक राई साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष केशव सुनाम, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, बेलबारी प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदी, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, स्रष्टाहरू भवानीप्रसाद पोखरेल, तिला लेकाली, धनजित पराजुली, गोपाल निर्भीक, जेबी थुलुङ, डिल्लीराम ओझा, गणेश लामा, बादल चाम्लिङ, प्रिन्स प्रमोदकुमार ढकाल, रामप्रसाद खरेल, तारा पराजुली, चूडामणि नेपाल, रमेन्द्र कोइराला, नवराज पोखरेल ‘नवशिला’, गोविन्द चोङबाङ, प्रेम गुरुङ, दीप मङ्ग्राती, मुना मिश्र, प्रकाश दिप्साली राई, नवीन थापा क्षेत्री, शैलेन घिमिरे, युवराज ठकुरी, दिलीप राई सगर, प्रयाग न्यौपाने, उमेश लुइटेल, चिरञ्जीवी काफ्ले, विनोद विवश घिमिरे, शेरबहादुर खपाङ्गी, प्रकाश भट्टराई, गोपाल नेपाल, शिव छाङ्छा राई, शेखर थापा मगर, सञ्जीव धिमाल, टेकराज एक्चाई मगर, चण्डी राईलगायतका स्रष्टा÷कलाकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रिन्स प्रमोदकुमार ढकाल, नवराज पोखरेल ‘नवशिला’, प्रयाग न्यौपाने, उमेश लुइटेल, चूडामणि नेपाल, चन्द्रकान्त भट्टराईलगायतका स्रष्टाहरूको प्रतिनिधि रचना वाचन रहेको थियो ।
कार्यक्रममा दिनेशराज सुवेदी, विन्दु दाहाल ‘मूकदर्शक’, सरण राई, मिश्र बैजयन्ती आदिले लोकार्पित कृतिमाथि टिप्पणी गरेका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मी रेग्मीले उपस्थित सबैलाई शब्दले स्वागत गरेकी थिइन् । बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने उमा सिजापती र शिव पराजुलीको रहेको थियो ।