२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कला/संस्कृति

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति मोरङको नयाँ समिति

Author Uttari Morang
आइतबार, कार्तिक २४, २०८२
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति मोरङको नयाँ समिति

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति मोरङको सातौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले अम्बिका भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सुन्दरहरैंचा ९ सलकपुरस्थित सलकपुर पार्टी प्यालेसमा भएको अधिवेशनले जिल्ला कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले द्वितीय उपाध्यक्षमा टिकाराम घिमिरे, महिला उपाध्यक्षमा बिन्दा राणा, सचिवमा मिलन लुइटेल, सह-सचिवमा सीता चापागाई, कोषाध्यक्षमा लक्ष्मी कार्की र सह-कोषाध्यक्षमा शान्तादेवी भण्डारीलाइ सर्वसम्मत चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा गोविन्द खड्‌का, शोभा जोशी, विनोद अधिकारी, सानु राई, हिरादेवी लुइँटेल, नरेन्द्र‌कुमार थापा, शर्मिला सिग्देल, भुमादेवी अधिकारी र हेमकुमारी न्यौपाने निर्वाचित भएका छन् । २५ सदस्यीय जिल्ला समितिको रिक्त पद भूगोल तथा समावेशीताका आधारमा पछि पदपूर्ति गरिने अध्यक्ष अम्बिका भण्डारीले बताए ।
प्रतिष्ठानका कार्यबाहक जिल्ला अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा भएको अधिवेशनमा केन्द्रिय सदस्य गायक रमेश आचार्यको प्रमुख आतिथ्यता र गायक कृष्णभक्त राइ एवम् गायिका डेनी इम्साङ लगायत प्रतिष्ठानका प्रदेश पदाधिकारीहरुको विशेष आतिथ्यता थियो । अधिवेशनमा प्रतिष्ठान कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष सरोज आचार्य, सचिव शुशिल भट्टराई, प्रदेश महिला सचिव शकुन्तला कार्की, प्रदेश सदस्यहरु गंगा गौतम, भोलामान गुरुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति झापाका अध्यक्ष टंक ढकाल, झापा सचिव अम्बिका फुयाल, स्रष्टा समाज बेलबारीका अध्यक्ष जेबी थुलुङ, बेलबारी साहित्य बिकास समितिका अध्यक्ष रमेश निरौला, ‘नझरेका फुलहरु’ का संचालक केपी घिमिरे, गायक सन्जीव धिमाल, राष्ट्रिय पुस्तकालय केराबारीका सचिब नवीन थापा क्षेत्री लगायतको विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको पनि आतिथ्यता थियो ।

अधिवेशन कार्यक्रममा गायक कृष्णभक्त राइ र गायिका डेनी इम्साङलाइ सम्मान गरिएको थियोे ।
कार्यक्रममा दुर्गा पन्चायन नौमति बाजा समुहको टोलीले नौमति बाजाद्वारा अतिथिहरुलाइ स्वागत गरेको थियो ।
कार्यक्रममा कृष्णभक्त राइले बिनायो कङकङ र गायिका डेनी इम्साङले डाली घाँसैमा लगायतका गीत गाएर माहोल तताएका थिए भने अन्य कलाकारहरुले पनि गीत प्रस्तुत गरेका थिए । अधिवेशन कार्यक्रममा लाइभ दोहोरीसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको संचालन मिलन लुइटेलले गरेका थिए भने जिल्ला सदस्य तारा शाक्यले स्वागत मन्तव्य राखेकी थिइन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल का केन्द्रिय सदस्य रमेश आचार्यले सपथ ग्रहणसहित प्रमाणपत्र प्रदान गरेका थिए ।