२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बेलबारी नगरस्तरीय राष्ट्रपति रनिङ सिल्डमा जनता नमुना प्रथम, शिक्षा सन्देश दोश्रो

Author Uttari Morang
सोमबार, माघ १३, २०८२
बेलबारी नगरस्तरीय राष्ट्रपति रनिङ सिल्डमा जनता नमुना प्रथम, शिक्षा सन्देश दोश्रो

बेलबारीमा आयोजित नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८२ मा जनता नमूना मावि प्रथम तथा शिक्षा सन्देश इङ्लिस स्कूल द्धितीय भएका छन् ।
बेलबारी नगरपालिकाको आयोजना र बेलबारी ११ लक्ष्मी मार्गस्थित लक्ष्मी माविको सह आयोजना तथा व्यवस्थापनमा लक्ष्मीमार्गमा भएको नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा जनता नमुना मावि १४ स्वर्ण, नौ रजत र पाँच काश्य सहित प्रथम भएको छ भने बेलबारी २ मा अवस्थित शिक्षा सन्देश स्कुल सात स्वर्ण , पाँच रजत र पाँच कास्य सहित दोस्रो भएको छ । त्यसैगरी बेलबारी ११ मा रहेको लक्ष्मी मावि चार स्वर्ण ४ रजत र दुई काश्य सहित तेस्रो भएको छ । प्रतियोगितामा तीन स्वर्ण चार रजत र दुई काश्य सहित इस्टन भ्यु स्कुलले सान्त्वना स्थान प्राप्त गरेको छ ।
नगरपालिकाले तिनदिनसम्म रनिङ शिल्ड तथा विद्यालय तह विज्ञान प्रदर्शनी आयोजना गरेको थियो । बेलबारी नगरपालिकाका नगरप्रमुख तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मार्गदर्शक समितिका संयोजक दिलप्रसाद राईले उद्घाटन गरेको प्रतियोगितामा बेलबारीका निजी र सामुदायिक गरी २५ वटा विद्यालय र ६ सय ८३ जना विद्यार्थीहरु सहभागी भएका थिए ।
रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबड्डी, तेक्वान्दो, कराते एवं एथलेटिक्स अन्तर्गतका हाइ जम्प, लङ जम्प, ट्रिपल जम्प, शर्ट फुट, सर्टपट, ज्यापलिङ, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड, १५०० मिटर दौड र ३००० मिटर दौड आदि प्रतियोगिताहरू भएका थिए् । सबैजसो खेलहरुमा छात्र र छात्रातर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा भएका थिए ।
प्रतियोगिता अन्तर्गत छात्र भलिबल खेलमा भगवती मावि प्रथम भएको छ भने लक्ष्मी मावि द्वितीय भएको छ । भलिबलमा छात्रातर्फ कसेनी मावि प्रथम भएको छ भने इस्टन भ्यु स्कुल द्वितीय भएको छ ।
त्यस्तै कबड्डीमा छात्रतर्फ तर्फ जनता नमुना मावि प्रथम भएको छ भने लक्ष्मी मावि द्वितीय भएको छ । कबड्डी प्रतियोगितामा छात्रातर्फ लक्ष्मी मावि प्रथम भएको छ भने भगवती मावि द्वितीय भएको छ ।
त्यसैगरी डब्लु टी तेक्वान्दोतर्फ चार स्वर्ण ३ रजत र एक काश्यसहित लक्ष्मी मावि प्रथम भएको छ भने तीन स्वर्ण, ३ रजत र सात काश्य सहित मोरङ ज्ञानोदय दोस्रो भएको छ । माउन्ट एभरेस्ट स्कुल दुई स्वर्णसहित तेस्रो, महेन्द्र मावि एक स्वण, एक रजत र एक काश्य सहित चौथो भएका छन् । तेक्वान्दोमा कवीर माविले दुई रजत र ५ काश्य, कसेनी माविले एक रजत, गोदावरी इङ्लिस स्कुलले एक रजत र तीन काश्य तथा शिक्षा सन्देश र भानु शैक्षिक गुठीले एक एक काश्य प्राप्त गरेका छन् ।
काता करातेतर्फ बिभिन्न समूह र तौल समूहमा चार स्वर्णसहित भानु मेमोरियल सार्वजनिक शैक्षिक गुठी प्रथम, दुई स्वर्ण, चार रजत र आठ काश्य सहित डेल्टा स्कुल द्वितीय, दुइ स्वर्ण र दुइ कास्यसहित गुरुकूल स्कुल तृतीय र दुई/दुई स्वर्ण सहित जनता नमुना माध्यमिक विद्यालय र शिक्षा सन्देश स्कुल चौथो भएका छन् । करातेमा आदर्श इङ्लिस स्कूल र सगरमाथा स्कुलले दुई/दुइ रजत र दुई/दुइ काश्य, गोदावरी स्कुलले एक रजत र एक काश्य, कवीर माविले एक रजत, सरस्वती र यलम्बर स्कुलले एक/एक रजत प्राप्त गरेका छन् । तेक्वान्दोतर्फ २१ जना खेलाडीहरुले पदक जितेका छन् ।
बेलबारी नगरपालिकाका प्रमुख तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ब्यबस्थापन तथा निर्देशन समितिका अध्यक्ष दिलप्रसाद राईले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताबाट विद्यार्थीहरूको प्रतिभा र क्षमता प्रस्फुटन हुने भएपनि अपेक्षित सङ्ख्यामा विद्यार्थीहरूको सहभागिता हुन नसकेकोे बताए ।
नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८२ चलिरहँदा बेलबारी नगरपालिकाकै आयोजनामा लक्ष्मी मार्गमा विद्यालय तह विज्ञान प्रदर्शनी पनि भएको थियो ।