२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

उर्लाबारी भेट्रान्सले जित्यो दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधि

Author Uttari Morang
शनिबार, माघ २५, २०८२
उर्लाबारी भेट्रान्सले जित्यो दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधि

पथरीमा संचालित दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकप २०८२ को उपाधि उर्लाबारी भेट्रान्स, मोरङले उचालेको छ।
आज शनिबार सम्पन्न भएको उक्त गोल्डकप प्रतियोगिताको फाइनल खेलमा उर्लाबारी भेट्रान्सले सतिशाले भेट्टान्स मोरङ विरुद्ध २-० गोलले पराजित गर्दै उपाधि चुमेको हो।
उर्लाबारी भेट्रान्सका निरु लिम्बु र जीवन लिम्बुले खेलको निर्धारित समयको दोस्रो हाफमा गोल गर्दै आफ्नो टिमलाई विजय हासिल गराए ।
आजको खेलमा उर्लाबारी भेट्रान्सका विकास राई ‘भेट्रान्स अफ दि म्याच’ घोषित भए।
उर्लाबारी भेट्रान्सका गोलकिपर विनोद गौतमले गोल्डेन ग्लोब प्राप्त गरे भने सतिशाले भेट्रान्सका खेलाडीदय जीवन लिम्बु र निरु लिम्बुले क्रमश : गोल्डेन बुट र गोल्डेन बल प्राप्त गरेका थिए।
खेल समापन समारोहका प्रमुख अतिथि पथरी शनिश्चरे वडा नं २ का वडाध्यक्ष नैना साम्पाङ राई , आयोजक समितिका अध्यक्ष सन्तोष श्रेष्ठ, शैक्षिक अभियन्ता तथा समाजसेवी प्रदिप कुमार राई, वडा सदस्य चन्द्रकुमार राई लगायतले उनीहरूलाई जनही ५ हजार नगदसहित ट्रफी तथा मेडल पुरस्कार प्रदान गरिएको थियो।
विजेता टिमले एक लाख ११हजार १ सय,११ रुपैयाँ र उपविजेताले ५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल र ट्रफी पुरस्कार प्राप्त गरेका थिए।