२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गीत/साहित्य

स्रष्टा गणेश पराजुली र गायिका यशोदा पराजुलीसँग अन्तरङ्ग कार्यक्रम सम्पन्न

Author Uttari Morang
मंगलबार, फाल्गुण ०५, २०८२
स्रष्टा गणेश पराजुली र गायिका यशोदा पराजुलीसँग अन्तरङ्ग कार्यक्रम सम्पन्न

कुनै समय दर्जनौं कालजयी गीतहरू गाएर प्रख्यात भएपनि पछिल्लो पुस्तामा अपरिचित स्रष्टा तथा गायक गणेश पराजुली र गायिका यशोदा पराजुलीको जोडीसँग अन्तरङ्ग कार्यक्रम सम्पन्न भएको छ ।
नझरेका फूलहरू नामक संस्थाको आयोजनामा मोरङ सुन्दरहरैचा १० खोर्साने स्थित सिद्धार्थ सेकेन्डरी स्कुलमा सोमबार बिहान सो कार्यक्रम सम्पन्न भएको हो। स्रष्टा पूरण याखाको सभापतित्व र पूर्व सांसद हर्कमान तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गणेश पराजुली र गायिका यशोदा पराजुली विशिष्ट अतिथि थिए। स्रष्टा समाजका अध्यक्ष जेबी थुलुङले स्वागत मन्तव्य गरेपश्चात सुरु भएको कार्यक्रममा साहित्यकार तथा गायक गायिकाहरुको उपस्थिति थियो । कार्यक्रममा भरत बर्बरिक, दुर्गा पराजुली, प्राज्ञ रामप्रसाद खरेल, सामाजिक अभियन्ता तथा महिला नेत्री मञ्जु रेग्मी, साहित्यकारहरू सोम भट्टराई, नवीन थापा क्षेत्री, यादव भट्टराई, खेम आचार्य, आरके प्रधान, जीवन कट्टेल, रूपनारायण श्रेष्ठ, शंकर देवान, सावित्रा बराल, दिवाकर वशिष्ठ, अमृत ढकाल, केन्द्र अधिकारी , अम्बिका भण्डारी, युवराज ठकुरी लगायत बिभिन्न स्कुलका विद्यार्थीहरुको पनि बाक्लो उपस्थिति थियो।
कार्यक्रममा सिद्धार्थ सेकेन्डरी स्कुलका विद्यार्थीहरू लिसारा मगरले काफ्ले, अङ्कित भण्डारी ले हजार आँखा हेर्ने मेरी मायालुलाई, साङ्ग्मी पाख्रिन ले चैतमासा खडेरीमा र शिवानी राई ले पूर्वै राम्रो लगायत का गीतहरू गाएका थिए। नझरेका पुलहरूका प्रस्तोता केपी घिमिरेले संचालन गरेको कार्यक्रममा मनु तामाङले गीत र खेम आचार्यले गजल प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रमुख प्रस्तोता गणेश पराजुली र यशोदा पराजुलीले दिन ढल्यो अधेरी रातमा , लाग्दछ मलाई रमाइलो आफ्नै पाखा पखेरो जस्ता आफ्ना गीतहरू प्रस्तुत गरेका थिए।
श्रीमान श्रीमती हुन्। धेरैजसो अमेरिकामा बसोबास गर्दै आएको यो जोडीलाई नझरेका फूलहरू मार्फत यसअघि सम्मान गरिएको थियो ।
यशोदा पराजुलीका दिन ढल्यो अधेरी रातमा , लाग्दछ मलाई रमाइलो आफ्नै पाखा पखेरो , सन्तानको माया , के माग्छौ भनी कसैले सोधे म माग्थे बालापन जस्ता गीतहरू चर्चित छन्। गणेश पराजुली एक गीतकार तथा संगीतकारका रूपमा समेत परिचित छन्।