२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

चुनावी हारसँगै पतन भए ओली, पतन भो अहंकार

Author Uttari Morang
शनिबार, फाल्गुण २३, २०८२
चुनावी हारसँगै पतन भए ओली, पतन भो अहंकार

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग लज्जास्पद पराजित भएपछि नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक यात्रा मात्र होइन, अहंकारको एउटा नमूना अन्त्य भएको छ ।

झापा  ५ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका बालेन ५० हजार मतको अन्तरले  पराजित गरेसँगै ७३ बर्षिय केपी ओलीको राज सकिएको हो ।

बालेनले ६८ हजार ३ सय ४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७ सय ३४ मत प्राप्त गरेका थिए । झापा ५ बाट जित निकालेर बालेन पहिलो पटक संसदीय भूमिकामा प्रवेश गर्दै दुई तिहाईसहित इतिहासकै शक्तिशाली  प्रधानमन्त्री बन्दैछन् ।

यसअघि काठमाडौँ महानगरपालिकाका मेयर भइसकेका बालेनसँग  ओली दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा पराजित भएका हुन् ।

ओली २०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा नेपाली कम्यूनिष्ट पार्टी (तत्कालीन नेकपा माओवादी केन्द्र) का विश्वदिप लिङ्देनसँग पराजित भएका थिए ।

हालसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ १२० भन्दा बढी सिट जित्ने निश्चित भएको छ ।  दोस्रो र तेस्रोमा  कांग्रेसले डेढ दर्जन र एमालेले करिब १ दर्जन तथा नेकपाले ७/८ सिट जित्ने अबस्था देखिएको छ ।