२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

नगरबासीहरुलाइ बिधुतीय चुलो वितरण गर्दै बेलबारी नगरपालिका

Author Uttari Morang
मंगलबार, चैत्र १०, २०८२
नगरबासीहरुलाइ बिधुतीय चुलो वितरण गर्दै बेलबारी नगरपालिका

बेलबारी नगरपालिकाले वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यसहित विद्युतीय चुलो वितरण कार्यक्रम सुरु गरेको छ।
देशभर खाना पकाउने ग्यासको अभाव बढिरहेका बेला नगरपालिकाले  वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा यो कार्यक्रम संचालन गरेको  हो ।
नगरपालिकाका अनुसार करिब ११ सय लाभग्राहीलाई लक्षित गर्दै विद्युतीय चुलो वितरण कार्यको औपचारिक शुभारम्भ गरिएको हो । प्रारम्भिक चरणमा माग संकलन गरेका नागरिकलाई प्राथमिकतामा राख्दै वितरण प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा सम्बन्धित वडाध्यक्षहरूको उपस्थितिमा वडा नं. ६ को कार्यालयबाट कार्यक्रम सुरु गरिएको हो ।
कार्यक्रमअन्तर्गत वडा नं. १, २ र ३ का लाभग्राहीहरूले नगरपालिकाबाटै चुलो प्राप्त गर्ने व्यवस्था गरिएको छ भने अन्य वडाका नागरिकहरूले आ-आफ्नो वडा कार्यालयबाट चुलो बुझ्न सक्नेछन् । लाभग्राहीहरूलाई १५ दिनभित्र सम्पर्क गरी चुलो बुझ्न आग्रह गरिएको छ ।
सरकारले देशभर विद्युत् उपभोग बढाउने र आयातित पेट्रोलियम पदार्थमा निर्भरता घटाउने नीति लिएको सन्दर्भमा यस्ता कार्यक्रमहरू प्रभावकारी बन्दै गएका छन् ।
विद्युतीय चुलोको प्रयोग विस्तारसँगै वातावरणीय प्रदूषण न्यूनीकरण, ऊर्जा दक्षता अभिवृद्धि तथा दिगो ऊर्जा उपयोगमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।