२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

नेपाल रक्तदाता संघ नेपालको पाँचौँ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन

Author Uttari Morang
मंगलबार, चैत्र २४, २०८२
नेपाल रक्तदाता संघ नेपालको पाँचौँ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन

नेपाल रक्तदाता संघ नेपालको लर्ड पार्टी भेन्युमा २०८२ साल चैत्र २१ गते सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले नयाँ सर्वसम्मत रूपमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

“जहाँ नेपाली, त्यहाँ रक्तदान” भन्ने नारासहित सम्पन्न  साधारणसभाले रक्तदान अभियानलाई अझ व्यापक, प्रभावकारी र जनस्तरसम्म पुर्‍याउने दृढ प्रतिबद्धता व्यक्त गरेको छ।

पाँचौँ साधारणसभा भव्य र सभ्य रूपमा सम्पन्न गर्दै अध्यक्ष पवित्रा पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो। महासचिवमा प्रज्वल राजभण्डारी चयन हुनुभएको छ। संस्थाले आगामी दिनमा रक्तदानलाई अझ व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउँदै रगत अभावका कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने महान उद्देश्यका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अग्रज व्यक्तित्वहरूले वर्तमान समयमा रगतको आवश्यकता अत्यन्त संवेदनशील र अपरिहार्य रहेको उल्लेख गर्दै सबै नागरिकलाई रक्तदानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका थिए। “रक्तदान जीवनदान हो” भन्ने मूल सन्देशलाई आत्मसात गर्दै एक थोपा रगतले पनि जीवन बचाउन सकिन्छ भन्ने मानवीय भावनालाई समाजभर फैलाउने उद्देश्य राखिएको उनीहरूको भनाइ थियो।

संस्थाको स्थापना कालदेखि नै निरन्तर मानवसेवामा समर्पित यस अभियानप्रति सहभागीहरूले उच्च सम्मान र प्रशंसा व्यक्त गर्दै आगामी दिनमा अझ सशक्त, संगठित र प्रभावकारी रूपमा अघि बढाउन शुभकामना व्यक्त गरेका छन्।

कार्यक्रम बिनोद भट्टराई, राजन श्रेष्ठ, खेतराज मैनाली, मनिता राजकण्कार, उत्तम अधिकारी, रामजी खत्री लगायतका अग्रज तथा पदाधिकारीहरूको विशेष उपस्थितिमा सम्पन्न भएको हो।

नवनिर्वाचित अध्यक्ष पवित्रा पोख्रेलले रक्तदान अभियानलाई अझ सशक्त, संगठित र जनमुखी बनाउँदै अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले संस्थाको उद्देश्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समाजमा रगत अभाव हुन नदिने लक्ष्यसहित सबै कार्यसमितिको सुझावलाई आत्मसात गर्दै अघि बढ्ने अठोट व्यक्त गर्नुभएको छ।

त्यसैगरी निवर्तमान अध्यक्ष राहुल रेग्मी तथा सम्पूर्ण कार्यसमितिप्रति संस्थालाई यहाँसम्म ल्याउनुभएको दीर्घकालीन योगदान, समर्पण र नेतृत्वप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरिएको छ।

नवनिर्वाचित कार्यसमिति

अध्यक्ष: पवित्रा पोख्रेल
उपाध्यक्ष: विश्वराज भण्डारी
महासचिव: प्रज्वल राजभण्डारी
सचिव: विश्वदीपा उप्रेती
कोषाध्यक्ष: अनिशा पाण्डे
सह–कोषाध्यक्ष: सोनु लामा

सदस्यहरू:
मुकुन्द राज भट्ट, गणेशराज भट्ट, जगदीश्वर थपलिया, राजीव श्रेष्ठ, विपिन अमात्य, सरोज बास्तोला, अमृत अधिकारी, वृन्दा अधिकारी रहेका छन