२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कला/संस्कृति

स्वास्थ्य शिविरसँगै दोहोरी र सांस्कृतिक कार्यक्रममा रमाए मिक्लाजुङका जेष्ठ नागरिकहरु

Author Uttari Morang
बुधबार, चैत्र २५, २०८२
स्वास्थ्य शिविरसँगै दोहोरी र सांस्कृतिक कार्यक्रममा रमाए मिक्लाजुङका जेष्ठ नागरिकहरु

मोरङको  मिक्लाजुङ गाउँपालिका ७ मधुमल्ला बजारमा निःशुल्क जेष्ठ नागरिक स्वास्थ्य शिविर तथा ज्येष्ठ नागरिक सम्मान  एवम् लाइभ दोहोरीसहित मनोरञ्जनात्मक  कार्यक्रम सम्पन्न भएको छ ।

जेष्ठ नागरिक समाज मिक्लाजुङ ७ को आयोजनामा तथा गाउँपालिकाको सहयोगमा २०८२ चैत २४ गते मंगलबार ती कार्यक्रमहरु सम्पन्न भएका हुन्  ।

गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलको प्रमुख आतिथ्यतामा भएको निःशुल्क स्वास्थ्य शिविर  कार्यक्रममा १४६ जना जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण तथा  निःशुल्क औषधि  वितरण गरिएको र स्वास्थ्य परीक्षणका क्रममा धेरैजसो जेष्ठ नागरिकहरूमा सुगर, प्रेसरजस्ता नसर्ने रोगहरू र १० जना ज्येष्ठ नागरिकहरुमा मोतियाबिन्दुको समस्या देखिएको  मिक्लाजुङ गाउँपालिकाको स्वास्थ्य  शाखा प्रमुख चिन्तामणि पोखरेलले बताउनुभयो। मिक्लाजुङपालिकाअस्पताका स्वास्थ्यकर्मी तथा विशेषज्हञ डाक्तरहरुले  ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँच तथा उपचार गएका थिए ।

निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले  मिक्लाजुङ गाउँपालिकाले जेष्ठ नागरिकहरूको स्वास्थ्य र हितलाई प्राथमिकतामा राखेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने बताउनुभयो ।

स्वास्थ्य शिविर सम्पन्न भएलगत्तै मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबी राइको प्रमुख आतिथ्यतामा जेष्ठ नागरिकहरुको मनोरन्जनका लागि लाइभ दोहोरी र सांस्कृतिक कार्यक्रम सामेत भएको थियो ।  कार्यक्रममा संयन्त्र मिडिया एण्ड कल्चर प्रालिद्वारा संचालित जुनेली जुहारी मार्फत कलाकारहरूले लोक दोहोरी प्रस्तुत गर्दै जेष्ठ नागरिक लगायत मधुमल्ला बजारका बासिन्दाहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

सो क्रममा  मिक्लाजुङ गाउँपालिकाको स्वास्थ्य  शाखा प्रमुख चिन्तामणि पोखरेलले पनि कलाकारहरुसँगै दोहोरी गाउनुभएको थियो । लाइभ दोहोरी तथा सांस्कृतिक कार्यक्रममा ज्येष्ठ नागरिक तथा अन्य नागरिकहरु छमछमी नाचेका थिए ।

लाइभ दोहोरीसहिताको मनोरन्जनात्मक कार्यक्रममा  कार्यक्रममा वरिष्ठ संगीतकार बिशाल राई, मिक्लाजुङ ७ का वडा सदस्यहरु  भुमी कोइराला र पवित्रा बिश्वकर्मा,  पालिकाको स्वास्थ्य शाखा  प्रमुख चिन्तामणी पोख्रेल, महिला शाखा  प्रमुख कल्पना घिसिङ, ज्येष्ठ नागरिक समाज मिक्लानुङ ७ का अध्यक्ष मेघनाथ घिमिरे, सचिव नारायण अधिकारी  लगायतका अतिथिहरुको पनि उपस्थिति थियो  ।

संजय मगरको संचालनमा एक घन्टाभन्दा बढी समयसम्मको लोक दोहोरीको कार्यक्रम  सम्पन्न भएलगत्तै राष्ट्रीयतथा अन्तराष्ट्रिय क्षेत्रमा परिचित  बरिष्ठ गायक तथा संगीतकार कृष्णभक्त राइले नामुछे आमा दहीमा टिका, बिनायो कंङ कंङ जस्ता आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नुभएको थियो ।  वहाँले गीत गाइरहँदा ज्येष्ठ नागरिकहरुले समेत जोशिलो पारामा प्रस्तुत  गरेको नाचगान झनै हेर्न लायकको थियो ।

निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमले जेष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गरेको र सोही कार्यक्रम सँगै सँगै प्रस्तुत भएको लाइभ दोहोरी तथा साँस्कृतिक कार्यक्रमले मनोरञ्जन समेत प्रदान गरेको जेष्ठ नागरिक समाजका अध्यक्ष मेघनाथ घिमिरेले बताउनुभयो ।