२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

 कोशी प्रदेशमै पहिलो पटक लेटाङमा ड्रोन प्रविधिबाट सुरक्षा निगरानी शुरु 

Author Uttari Morang
शनिबार, बैशाख १२, २०८३
 कोशी प्रदेशमै पहिलो पटक लेटाङमा ड्रोन प्रविधिबाट सुरक्षा निगरानी शुरु 
कोशी प्रदेशमै पहिलोपटक लेटाङमा ड्रोन प्रविधिबाट सुरक्षा निगरानी सुरु गरिएको छ। शुक्रबार इलाका प्रहरी कार्यालय लेटाङमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआइजी विनोद घिमिरेले उक्त प्रविधिको औपचारिक उद्घाटन गर्नुभएको हो।
प्रविधिको प्रयोगले प्रहरीको कार्यक्षमता बढाउने विश्वास व्यक्त गर्दै उहाँले समयानुकूल सुरक्षा व्यवस्थापनमा नयाँ अभ्यासको सुरुआत भएको बताउनुभयो।
उहाँका अनुसार लेटाङ क्षेत्रको भौगोलिक जटिलता, विपद् जोखिम तथा चोरीतस्करी नियन्त्रणका लागि ड्रोन प्रभावकारी साधन बन्नेछ। सीमित जनशक्ति र परम्परागत गस्तीले मात्र पर्याप्त नभएको अवस्थामा आधुनिक प्रविधिले निगरानीलाई सहज र छिटो बनाउने उल्लेख गर्दै घिमिरेले यसले शान्ति सुरक्षामा थप मजबुती ल्याउने बताउनुभयो। साथै, नागरिक र प्रहरीबीच सहकार्य अपरिहार्य रहेको धारणा समेत राख्नुभयो।
सोही अवसरमा इलाका प्रहरी कार्यालय लेटाङको हिरासत कक्षमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन गरिएको थियो भने विभिन्न संरचनाहरूको अनुगमन समेत गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। साथै, कार्यसम्पादनका आधारमा उत्कृष्ट ठहरिएका तीन प्रहरीलाई प्रशंसा–पत्रसहित पुरस्कृत गरिएको प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो।