ताजा अपडेट
सुकुनाका पुर्व विद्यार्थीहरुद्वारा दुई लाख २२ हजारको छात्रवृत्ति अक्षयकोष स्थापना
Uttari Morang
बिहिबार, बैशाख ३१, २०८३
सुकुना माध्यमिक विद्यालय सुन्दरहरैँचा – १० मा २०७० सालको एस् एल सी ब्याचका विद्यार्थीहरूले छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् ।
सोही विद्यालयमा अध्ययन गर्ने गरीव तथा जेहेन्दार विद्यार्थीहरूका लागि सहयोग पुगोस् भन्ने हेतुले उनीहरूले दुई लाख २२ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । बुधबार सुकुना माविमा आयोजित एक कार्यक्रमकाबिच पुर्व विद्यार्थीहरुले विद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर बस्नेतलाई सो रकम हस्तान्तरण गरेका थिए ।




