२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
समाचार

पहिलो पाइला नेपाल सुन्दर हरैचाको १५ सदस्यीय नयाँ कार्यसमिति गठन

Author Uttari Morang
सोमबार, बैशाख २१, २०८३
पहिलो पाइला नेपाल सुन्दर हरैचाको १५ सदस्यीय नयाँ  कार्यसमिति गठन

पहिलो पाइला नेपाल सुन्दर हरैचाको सातौं अधिवेशनले केवल लुइटेलको अध्यक्षतामा १५ सदस्य कार्यसमिति गठन गरेको छ।

सुन्दर हरैचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईको प्रमुख अतिथ्यता र सुन्दर हरैचा ७ का वडाध्यक्ष भुवनसिंह मगरको विशेष आतिथ्यतामा आइतबार सुन्दर हरैचाको गोठगाउँ स्थित लालीगुराँस भजन समूहको हलमा सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित समितिको प्रथम उपाध्यक्षमा भोजनगिरी उपाध्यक्षमा विनोद अधिकारी सचिवमा विवस धमला सहसचिवमा सुप्रिया रिसाल,  कोषाध्यक्षमा सुजन बिष्ट र सह कोषाध्यक्षमा होमबहादुर गौतम चयन भएका छन्।

त्यसैगरी अधिवेशनबाट सदस्यहरूमा किरण सापकोटा, संजय लम्साल, विक्रम बस्नेत, नविन अधिकारी,   इप्सन  कट्टेल, मिना चुडाल, निर्मला खड्का र भावना खतिवडा चयन भएका छन्। पहिलो पाइला नेपालका केन्द्रीय सहसचिव मिलन लुइटेल को नेतृत्वमा रहेको निर्वाचन समितिले उनीहरुलाई सर्वसम्मत चरणको घोषणा गरेको थियो। अधिवेशनमा पहिलो पाइला नेपालका पूर्व अध्यक्षहरु, सल्लाहकारहरू लगायत विभिन्न जिम्मेवारीमा रहेका व्यक्तित्वहरूको पनि उपस्थिति थियो।

कार्यक्रममा बोल्दै सुन्दर रैचा ७ का वडाध्यक्ष भुवनसिंह मगरले पहिलो पाइला नेपालले समाजमा विभिन्न उदाहरणीय कामहरू गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि  सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईंले समाजसेवाले मात्र घरपरिवार धान्न नसकिने बताउँदै गुरागाइले आफू र आफ्नो भविष्य पनि सुनिश्चितताका लागि काम गर्दै सामाजिक कामहरु गर्न युवाहरुलाई आग्रह गरे । पहिलो पाइला नेपाल मार्फत सुन्दरहरैचाका युवाहरूले गरेको समाजसेवा उदाहरणीय भएको र त्यसका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने नगर प्रमुख गुरागाईंले बताए ।  अधिवेशनमा पहिलो पार्ट पाइला नेपालका केन्द्रीय सदस्य खेमराज सापकोटा, पूर्व अध्यक्ष मनोज लामा कार्क,  पूर्व अध्यक्ष सिर्जना धमला, लायन्स क्लब अफ गोठगाउँका अध्यक्ष अनुरोध शाह,  लायन्स क्लब अफ  गछी  याका अध्यक्ष हेमन्त भट्टराई लगायतको पनि उपस्थिति थियो ।

पहिलो पाइला नेपाल विगत केही वर्ष यता विभिन्न सामाजिक काम गर्दै सुन्दररैचामा एक उदाहरणीय संस्थाको रुपमा परिचित छ। यस संस्थाले विपन्न विद्यार्थीहरूलाई झोला वितरण गर्ने, गर्मीयाममा पानी वितरण गर्ने लगायत विभिन्न सामाजिक कामहरू गर्दै आएको छ।