२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

केराबारी गाउँपालिकामा “छैटौ अध्यक्ष कप खेलकुद प्रतियोगिता-२०८३” शुरु

Author Uttari Morang
शनिबार, बैशाख २६, २०८३
केराबारी गाउँपालिकामा “छैटौ अध्यक्ष कप खेलकुद प्रतियोगिता-२०८३” शुरु
केराबारी गाउँपालिका “छैटौ अध्यक्ष कप खेलकुद प्रतियोगिता-२०८३” शुरु भएको छ ।
अध्यक्ष कप खेलकुद अन्तरगत भलिबल र फुटबल प्रतियोगिता शुरु भएको हो । शनिबार कोशी प्रदेश सभा सदस्य खड्ग बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा खेल उद्घाटन भएको छ । , अध्यक्षता केराबारी खेलकुद विकास समिति संयोजक शरण थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनमाया मगर र प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठको विशिष्ट आतिथ्यता थियो ।
कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जनप्रतिनिधिहरु, पालिका स्तरिय प्रमुख राजनितिक दल प्रमुख तथा प्रतिनिधिहरु लगायत खेलाडी तथा खेलप्रेमी दर्शकहरुको उपस्थिति थियो । अध्यक्ष कपमा केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरको भने उपस्थिति थिएन ।
बैशाख २६ गते देखि जेठ ३ गतेसम्म केराबारी रंगशालामा संचालन हुने प्रतियोगिता अन्र्तगत पुरुष फूटबलका विजेताले ७५ हजार र उपविजेताले ५५ हजार महिला फूटबलका विजयी टिमले ६० र उपविजेताले ४० हजार पाउने छन् । त्यसैगरी पुरुष भलिबल अन्र्तगत विजेताले ५० हजार र उपविजेता टिमले ३० हजार पाउने छ भने महिला भलिबल अन्र्तगत विजेताले ३५ र उपविजेताले २५ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएका छन्।
।प्रतियोगिता अन्तरगत शनिबार वडा नम्बर ३ र ९ को खेल भएको थियो । प्रतियोगितामा फुटबल, महिला भलिबल र पुरुष भलिबलमा केराबारीका ९ वटै वडाबाट एक एक टीमले भाग लिएका छन् ।