२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

दोस्रो केराबारी रन प्रतियोगिता २०८३ सम्पन्न

Author Uttari Morang
शनिबार, जेठ ०२, २०८३
दोस्रो केराबारी रन प्रतियोगिता २०८३ सम्पन्न

 विकास तथा स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले केराबारीमा दोस्रो गोरखा केराबारी रन प्रतियोगिता २०८३ सम्पन्न भएको छ ।

विकास तथा स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार बिहान धरान रनको आयोजना र केराबारी गाउँपालिकाको सहयोगमा  ७.२ किलोमिटर दौड सम्पन्न भएको हो । धरान र केराबारीको सिना क्षेत्र पानबारी चोकटी देखि केराबारी बजार सम्मको रुट पुरा गर्दै प्रतियोगितामा  २५ मिनट २६ सेकेण्डमा सो दुरी पार गर्दै अमिर लिम्बू प्रथम,  २७ मिनट ०२ सेकेण्डमा पुरा गर्ने सरोज सिंह द्वितीय , र २७.३९ सेकेण्डमा सो दुरी पुरा गरी इन्द्र थुमसिंह तेश्रा भएका छन्  ।

त्यस्तै महिला तर्फ ३४ मिनट १४ सेकेण्डमा सो दुरी पुरा गरी मन्दिर महत्तरा प्रथम , ३५.०७ समयमा पुरा गरी सिला राई दोश्रो र ३८ मिनटमा सो दुरी पुरा गरी लक्ष्मी राई तृतीय भएक छन्  ।
पुरुष भेटान्स रर्फ ३०।०५ समयमा विजय कुमार राई,३०.११ समयमा पुरा गरी रिजम लिम्बू दोश्रा र ३१.०८ समयमा पुरा गरी बिमन सिंह तामांग तेश्रा भएका छन्  ।

त्यसैगरी भेटान्स महिला तर्फ जमुना लिम्बूले ४१ मिनट ३२ सेकेण्डमा सो दुरी पुरा गरी पहिलो र ४४ मिनट ४० सेकेण्ड कुसुम लिम्बू दोश्रो र ४७ मिनट ५५ सेकेण्डमा पुरा गरी कौशिला तामांग तेश्रो भएका थिए ।

विजेताहरुलाई केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिंगचिंग मगर,  कार्यकारी प्रमुख जयराम श्रेष्ठ, पूर्व अध्यक्ष रोहित कार्की लगायतले प्रमाण पत्र तथा पुरस्कार प्रदा गरेका थिए ।