चर्चाको शिखरमा पुग्दै पूर्वेली गीत ‘जाले रुमाल’
Uttari Morang
पूर्वेली गायिका लक्ष्मी कार्की र पुर्ब न्यायाधीश भिम कुमार ओझा को पुर्बेली मौलिक पन्चेबाजामा आधारित गीत ‘जाले रुमाल’ चर्चाको शिखरमा पुगेको छ।
ताप्लेजुङको माटोले जन्माएका कलाकारहरु गायक सन्तोष बि सी र लक्ष्मी कार्की को आवाजमा रहेको जाले रुमाललाई डेढ महिनाको अवधिमा युट्युबमा १ लाख ४० हजारभन्दा बढी दर्शकले हेरिसकेका छन्।
पुर्ब न्यायाधीश भिम कुमार ओझा को शब्द, सन्तोष बि सी को लय तथा नारायण दङ्गाल को एरेन्ज रहेको गीतमा सुधिर श्रेष्ठ र रिना थापा मगरले अभिनय गरेका छन्।
सङ्करा स्टुडियो काठमाडौं र पूर्वाञ्चल रेकर्डिङ्ग स्टुडियो इटहरी मा रेकर्डिङ भएको गीतको सिनेमाटोग्राफिक महेश महरा ले गरेका छन् भने अमृत चापागाई ले सम्पादन गरेका छन्।
न्जु गौतम, अपेक्षा तामाङ र सुशिला भट्टराई ले समेत सामूहिक आवाज दिएको सो गीतको कोरियोग्राफर तथा निर्देशन याम गुरुङ ले गरेका छन्। शिशिर परियार को पन्चेबाजा पोषन घर्ती को मादल रहेको गीतको मिक्सिङ तथा मास्टरिङ कुमार सानु पुन ले गरेका छन्।
पूर्व न्यायाधीश ओझा पछिल्लो समय गीत लेखनमा परिचित हुँदै गएका छन्। उनले लेखेका विभिन्न पूर्वेली गायक गायिकाले गाएका दर्जनौं गीत हरु हालसम्म बजारमा आइसकेका छन् । विराटनगर बसोबास गर्दै आएकी लक्ष्मी कार्कीको भने यो दोस्रो गीत हो। यस अघि उनले सन्तोष बिसीसँगै ‘बरिलै’ बोलको गीत गाएकी थिइन्।



