२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

शिक्षा सन्देशले पायो डिप्लोमा इन होटल म्यानेजमेन्ट पठनपाठनको अनुमति

Author Uttari Morang
बिहिबार, जेठ १४, २०८३
शिक्षा सन्देशले पायो डिप्लोमा इन होटल म्यानेजमेन्ट पठनपाठनको अनुमति

मोरङको बेलबारी २ मा अवस्थित शिक्षा सन्देश इङ्लिस स्कुलले यसै बर्षदेखि डिप्लोमा इन होटल म्यानेजमेन्ट पठनपाठनको अनुमति पाएको छ ।

विद्यालयले बुधबार पत्रकार सम्मेलन गरी गुणस्तरीय शिक्षाका लागि टाढा टाढा जानुपर्ने बाध्यता अन्त्य गर्न स्कुलले हालै डिप्लोमा इन होटल म्यानेजमेन्ट  को अध्यापनका लागि अनुमति प्राप्त गरेको जानकारी दिएको छ।

अन्तर्राष्ट्रिय स्तरको शैक्षिक अवसर उपलब्ध गराउने लक्ष्य   सहित  विद्यालयले उत्तरी मोरङका होटल म्यानेजमेन्ट अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि डिप्लोमा तहको पठनपाठन सुरु गर्न लागेको शिक्षा  सन्देश इङ्लिस स्कुलका प्रिन्सिपल राजेश खत्रीले बताए । हरेक वर्ष विद्यार्थीहरूको आकर्षण बढ्दै गएको यस विद्यालयबाट हालसम्म हजारौं विद्यार्थीले गुणस्तरीय शिक्षा हासिल गरिसकेको विद्यालयका प्रिन्सिपल खत्रीले खत्रीले बताए । विद्यालयलाई अझ व्यवस्थित परिस्कृत गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ विद्यालयले नयाँ कार्यक्रम थप गर्ने तयारी गरिएको र यसै वर्षदेखि सञ्चालन गर्ने अन्तिम तयारी भइरहेको प्रिन्सिपल खत्रीले बताए ।

उत्तरी मोरङ क्षेत्रमै पहिलोपटक मलेशियाको प्रतिष्ठित लिंकन विश्वविद्यालय अन्तरगतको युरोस्किल्स टेक्निकल एण्ड भोकेशनल एकेडेमीबाट अनुमति प्राप्त कोर्स सञ्चालन गर्न लागेको विद्यालयले जनाएको छ । विद्यालयमा हरेक वर्ष विद्यार्थीहरूको आकर्षण बढ्दै गएको  बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष भुपाल बस्नेतले बताए ।

बिद्यालयका सल्लाहकार प्रताप थापाले जति ठुलो स्तरको सर्टिफिकेट लिएपनि सिप नभएसम्म प्रगति गर्न नसकिने भएकोले सिप सिक्न विद्यार्थीहरुलाइ आग्रह गरे ।

डिप्लोमा इन होटल म्यानेजमेन्ट पठनपाठनको अनुमति पाएसँगै यो स्कुल शिक्षा सन्देश कलेजमा रुपान्तरण भएको छ ।  बिक्रम सम्बत २०५० सालमा स्थापना भएको यस विद्यालयमा यसअघि कक्षा १२ सम्म अध्ययन हुँदै आएको छ । कक्षा ११ देखि होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, बिजनेश स्टडीज, कानून र ट्राभल्स एण्ड टुर्स पठनपाठन हुँदै आएको विद्यालयमा हाल १ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।