२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

मिक्लाजुङले ल्यायो ९२ करोड ८४ लाखको बजेट

Author Uttari Morang
बिहिबार, आषाढ ११, २०८३
मिक्लाजुङले ल्यायो ९२ करोड ८४ लाखको बजेट

मोरङको मिक्लाजुङ गाउँपालिकाको १८ औँ गाउँसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि ९२ करोड ८४ लाख ३५ हजार १०५ बराबरको वार्षिक बजेट पारित गरेको छ ।

गाउँसभाले असार १० गते आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा स्वीकृत गरेको हो । स्थानीय तहहरूले असार महिनाभित्र आगामी आर्थिक वर्षको बजेट गाउँसभाबाट पारित गर्ने संवैधानिक व्यवस्था रहेको छ । पालिकाका उपाध्यक्ष दिनेश पौडेलले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममाथि छलफलपछि सदस्यहरूले दिएका सुझाव समेटेर बजेट पारित गरिएको छ ।

पारित बजेटअनुसार गाउँपालिकाले आन्तरिक आयबाट रु. १६ करोड ७ लाख , राजस्व बाँडफाँटबाट मु.अ.कर रु. ७ करोड ७८लाख ८९ हजार, अन्त शुल्क ३ करोड ३३ लाख ८१ हजार , संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदानमार्फत बाँकी रकम व्यवस्थापन गर्ने लक्ष्य राखेको छ ।

गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, सामाजिक सुरक्षा, रोजगार प्रवद्र्धन तथा संस्थागत क्षमता विकासलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ । स्थानीय स्रोत, राजस्व बाँडफाँट तथा संघीय–प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलाई समेटेर तयार गरिएको बजेटले गाउँपालिकाको समग्र विकासलाई गति दिने अपेक्षा गरिएको छ । बजेट कार्यान्वयनमार्फत स्थानीय सेवा प्रवाहलाई प्रभावकारी बनाउने, उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने तथा पूर्वाधार निर्माणलाई तीव्रता दिने लक्ष्य राखिएको छ । सभाअध्यक्ष पालिका अध्यक्ष बबीकुमार राईले गर्नुभएको थियो ।