२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

नगर अस्पताल नवनिर्मित भवनमा सरेपछि बिरामीहरूलाई उपचारमा सहज

Author Uttari Morang
मंगलबार, आषाढ १६, २०८३
नगर अस्पताल नवनिर्मित भवनमा सरेपछि बिरामीहरूलाई उपचारमा सहज

बेलबारी नगरपालिकाद्वारा सञ्चालित बेलबारी नगर अस्पताल नवनिर्मित अत्याधुनिक भवनमा सरेपछि बेलबारी नगर क्षेत्र र आसपासका बिरामीहरूलाई उपचारमा सहज हुँदै गएको छ।

बेलबारी नगरपालिकाको वडा नम्बर १ मा अवस्थित साविक बेलबारी स्वास्थ्य चौकी को साँघुरो भवनबाट सेवा दिँदै आएको नगर अस्पताल बेलबारी ४ मा अवस्थित नवनिर्मित भवनमा सरेपछि बिरामीहरुलाई मात्र होइन, त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी हरुलाई पनि सहज भएको हो।

झन्डै १० करोड अर्थात् ९ करोड ८२ लाख ९१ हजार २५३ रुपैयाँको लागतमा १५  वटा बेड क्षमताको दुई तले नगर अस्पताल संरचना र साधन स्रोतका हिसाबले जिल्ला स्तरको अस्पतालभन्दा कम छैन । तीनजना एमबिबिएस डाक्टर र दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म एकजना एमडी डाक्टर सहित  ४५५ जना कर्मचारीहरू कार्यरत रहेको नगर अस्पतालमा हाल सरदर दैनिक अढाई सय देखि ३   सय जना बिरामीहरु चेकजाँच तथा उपचारका लागि आउने गरेका छन् । प्रत्येक सोमबार स्त्री रोग विशेषज्ञ, प्रत्येक बुधबार हाडजोर्नी विशेषज्ञ र प्रत्येक मंगलबार बालरोग विशेषज्ञ डाक्टर समेतले सेवा दिँदै आएको अस्पतालमा डिजिटल एक्सरे, भिडियो एक्सरे, इसीजी क्षय रोगको पिसिआर जाँच र  इमर्जेन्सी सेवा लगायत सबै खाले ल्याब सेवा समेत उपलब्ध छ। बेलबारी नगरपालिकाले नगर अस्पतालमै आँखा जाँच लगायतका सेवाहरू समेत विस्तारको तयारी गरेको छ। हाल त सम्बन्धी सम्पूर्ण उपकरणहरू आइसकेको र निकट भविष्यमै आँखा उपचार सेवा समेत उपलब्ध हुने   नगर अस्पतालले जनाएको छ।

भुइतलामा १६९८ दशमलव ७३ स्क्वार मिटर अर्थात् १८२८६ दशमलव ७६ वर्गमिटर क्षेत्रफल र माथिल्लो तलामा ११६३ दशमलव ३८ वर्ग मिटर अर्थात् १२५१९ दशमलव ६५ वर्गफिट क्षेत्रफल  ओगटेको नगर अस्पताल अपाङ्ग मैत्री समेत रहेको छ। भुइतलाबाट  व्हीलचेेयरमा बसेर जुनसुकै प्रकारका बिरामी तथा अपाङ्गहरू दोस्रो तलामा जान मिल्ने गरी संरचना बनाइएको छ। भुइतलामा  रहेका कोठामा, टिकट काउन्टर, ओपिडी, इमर्जेन्सी, एक्सरे, भिडियो एक्सरे,  इसीजी, फार्मेसी लगायत कक्षहरू रहेका छन् भने पहिलो तला भने हालसम्म प्रयोगमा आउन सकेको छैन। १५ बेट सञ्चालन हुनेगरी निर्मित नगर अस्पतालमा हौ चारवटा बेडहरू मात्र सञ्चालनमा रहेको र पहिलो तलामा अन्य बेडहरूका लागि ठाउँ बनाइएकोले पहिलो तलामा हाल प्रयोगमा नआएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालको प्रशासन कक्षा भने हाल पहिलो तलामा रहेको छ।