२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

रमिते सामुदायिक वनले १ सय २० जना उपभोक्तालाई बाड्यो इन्डक्सन चुलो

Author Uttari Morang
आइतबार, आषाढ २१, २०८३
रमिते सामुदायिक वनले १ सय २० जना उपभोक्तालाई बाड्यो इन्डक्सन चुलो

मोरङ बेलबारी नगरपालिका–२, मा रहेको  रमिते सामुदायिक वन उपभोक्ता समूहले  सयभन्दा बढी  उपभोक्तालाई इन्डक्सन चुलो वितरण गरेको छ।

स्वच्छ ऊर्जा प्रवर्द्धन तथा वन संरक्षणलाई टेवा पुर्‍याउने उद्देश्यले वन समूहले  आफ्नो कार्यक्षेत्रभित्र रहेका ६० वटा टोल समूहबाट छनोट गरिएका १२० जना उपभोक्तालाई इन्डक्सन चुलो वितरण गरेको हो।

दाउरा तथा अन्य परम्परागत इन्धनको प्रयोग न्यूनीकरण गर्दै  वातावरण संरक्षण, वन संरक्षण तथा जीवन यापनलाई सहज बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको वन समूहका अध्यक्ष खगेन्द्र ओझाले जानकारी दिए ।