२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

केराबारी गाउँपालिकाले दिने सेवाका सूचकहरूमा  सुधार हुँदै गएको तथ्य सार्वजनिक

Author Uttari Morang
मंगलबार, आषाढ २३, २०८३
केराबारी गाउँपालिकाले दिने सेवाका सूचकहरूमा  सुधार हुँदै गएको तथ्य सार्वजनिक

 केराबारी गाउँपालिकाले पालिकाबासीहरुलाई प्रदान गर्ने सेवाका सूचकहरूमा सुधार भएको पाइएको छ । गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रम अघि सेवाग्राही तथा गाउपालिकाबासी नागरिकहरूसँग लिइएको अभिमतका क्रममा गाउँपालिकाले प्रदान गर्ने सेवाका सूचकहरू राम्रा देखिएका हुन् ।

केराबारी गाउँपालिकाको आयोजना र संयन्त्र मिडिया एण्ड कल्चर प्रालीको सहजीकरणमा भएको दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम अघि टोल टोलमा पुगेर नागरिक तथा गाउन्पालिका र वडा कार्यालय आउने सेवाग्राहीहरूसँग  अभिमत  लिइएको थियो। अभिमतमा कर्मचारीहरूको व्यवहार, काममा चुस्त दुरुस्तता, कार्यालयको भौतिक अवस्था, सेवा प्राप्त गर्न अपनाइएको  प्रक्रिया, नागरिक बडापत्र लगायतका विषयमा लिइएको अभिमतमा गाउँपालिकाबासीले सकारात्मक  अभिमत दिएका थिए ।

 गाउँपालिकाले हालै आर्थिक वर्ष २०८२/0८३ को भए गरेका विकास निर्माण एवं सेवा प्रवाह सम्बन्धमा  गाउँपालिकाको हलमा   दोश्रो सार्वजनिक सुनवाई कार्यक्रम गरेको थियो  । गाउँपालिका अध्यक्ष सुमन मिरिङचङ मगर, उपाध्यक्ष मनमाया मगर र प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, बिभिन्न वडाका वडाध्यक्षहरु लगायतको उपस्थितिमा भएको सार्वजनिक सुनवाई  कार्यक्रममा  वडा कार्यालय ,टोल विकास संस्था, विद्यालय, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरू लगायत सर्वसाधारणहरूको समेत उपस्थिति थियो । कार्यक्रममा  गाउँपलिका, वडा कार्यालय तथा पालिका अन्तर्गत विभिन्न कार्यालयबाट भए गरेका सेवा प्रवाह, विकास निर्माण, खर्चको अवस्था आदि बारे जानकारी दिइएको थियो ।

 सार्वजनिक सुनवाई कार्यक्रममा साझेदारी वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य लालबहादुर बस्नेत, नेपाल आदिवासी जनजाति महासंघ केराबारीका अध्यक्ष प्रेम लावती, केराबारी १० का शान्केतिराम दाहाल, केराबारी ७ का कमल चौलागाई, मच्छिन्द्र माविमा अध्यायनत राज बिक र शर्मिला लिम्बु, केराबारी ९ का चिरन्जीवी खड्का, केराबारी २ सिंहदेवीका लक्ष्मी लिम्बु, केराबारी ६ का मनकुमार तामाङ, खदम क्याम्सपका स्यववियु सभापति समिर कन्दङ्वा केराबारी ८ आमजुँगी का शितल बहादुर बस्तेत लगायतले सिचाई , खानेपानी, शिक्षा, स्वास्थ्य, सामुदायिक वन, खोला ठेक्का, दुर्व्यसनी नियन्त्रण, लगायतको विषयमा प्रश्न गरेका थिए । उठेका प्रश्नहरूको गाउँपालिका अध्यक्ष उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायत सम्बन्धित शाखाका प्रमुखहरुले जवाफ दिएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रमको सहजकर्ता संयन्त्र मिडिया एण्ड कल्चर प्रा.लि. को तर्फबाट रेवती निरौलाले कार्यक्रम संचालन गरेका थिए ।