२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

लेटाङ नगरपालिकाद्वारा विभिन्न क्षेत्रका दर्जनौं  व्यक्तिहरु सम्मानित

Author Uttari Morang
शुक्रबार, साउन ०१, २०८३
लेटाङ नगरपालिकाद्वारा  विभिन्न क्षेत्रका दर्जनौं  व्यक्तिहरु सम्मानित

मोरङको लेटाङ नगरपालिकाले उन्नाइसौँ नगरसभाबाट स्वीकृत आर्थिक वर्ष २०८३/८४ को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै विभिन्न क्षेत्रका दर्जनौं  व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतमको प्रमुख आतिथ्यता र नगरप्रमुख भूपेन्द्रकुमार लावतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दर्जनौ ब्यक्तिहरुलाइ सम्मान गरिएको हो ।कार्यक्रममा पुर्व उपसभामुख डा. शिवमाया शिवमाया तुम्बाहाम्फे, पुर्व सांसद घनश्याम खतिवडा विशेष अतिथि थिए ।
कार्यक्रममा शिक्षा, खेलकुद, कृषि, सहकारी, सामुदायिक वन, व्यवसाय, पत्रकारिता तथा सामाजिक र राजनीतिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्ति तथा संस्थालाई पुरस्स्कृत तथा सम्मानित गरिएको छ ।
नगरपालिकाले आफ्नो १९ औ नगर सभाका कार्यक्रम सार्बजनिकिकरण कार्यक्रमका अवशरमा पूर्व जनप्रतिनिधितर्फ घनश्याम खतिवडा, उपेन्द्र प्रसाद घिमिरे, चन्द्रप्रसाद गौतम, गोविन्दहरि श्रेष्ठ, नरसिंहबहादुर राई, विनोद लामीछाने मगर, तीर्थबहादुर लिभाङ लिम्बु, सेरमान तामाङ, साहेवसिंह लिम्बु, बुद्धिमान लिम्बु, ठेकाजित राई र डिल्लीमान तामाङ सम्मानित भएजा छन् ।
नगरपालिकाले नगर क्षेत्रका क्रियाशील पत्रकाहरु र प्रशान्त निरौला, रेवतीरमण निरौला, हरि कोइराला, विकास आचार्य, सुरेश अधिकारी, अर्जुन लिम्बु, मनिषा भण्डारी, भूमिका पाख्रिन, दिव्यसुस्तरी चेम्जोङ, शेखर पोख्रेल र सङ्गीता राईलाई सम्मान गरेको छ ।
सोही अबस्थामा खेल क्षेत्रबाट भलिबल खेलाडी रबिन गौतम, फुटबल खेलाडी सागर विश्वकर्मा र कराते खेलाडी नविन विश्वकर्मा नगदसहित सम्मानित भएका छन् । त्यस्तै लेटाङ भलिबल क्लब, लेटाङ फुटबल क्लब र लेटाङ सितेरियो कराँते डोजो लाई संस्थागत सम्मान गरिएको छ ।
दीर्घसेवा शिक्षक तथा विद्यालय कर्मचारीतर्फ सेवानिवृत्त शिक्षक पूर्णबहादुर श्रेष्ठ, श्यामलाल चौधरी, बेदनिधि अधिकारी, धनकुमारी लिंखा राई, गंगाप्रसाद सुवेदी, हरिप्रसाद धिमाल, खेमप्रसाद पौडेल तथा विद्यालय कर्मचारी असारसिंह राईलाई सम्मान गरेको छ ।कार्यसम्पादन र व्यवस्थापनमा उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा बालविकास आधारभूत विद्यालय, लेटाङ–१ सम्मानित भएका छन् ।नगरपालिकाका उत्कृष्ट कर्मचारीका रूपमा अधिकृतस्तरका सुदीप घिमिरे र सहायकस्तरका रवि सुवेदीलाई नगदसहित सम्मान गरिएको छ ।
त्यस्तै शैक्षिक उपलब्धितर्फ एसईई र कक्षा ८ मा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी तपन आचार्य, सेसेफुङ वनेम लिम्बु, केलसाङ डोल्मा तामाङ, कुन्साङ योञ्जन तामाङ, रोनस दाहाल, सेलिना आचार्य, प्रथम श्रेष्ठ, सजिना सुवेदी, पेमाजङ तामाङ, निछाम वनेम लिम्बु, राघव पौडेल, कञ्चन लामा तामाङ र समिम राईलाई सम्मानित गरिएको छ ।

।