विज्ञप्तिमा हस्ताक्षर नै गरेर पार्टी परित्याग गर्नेहरूमा नेकपाका केन्द्रीय सदस्य तिलक राई, प्रदेश कमिटी सदस्यहरु मनकुमार गुरुङ, रामकुमार राई, वासीएल प्रदेश कमिटी सदस्य सन्जोग राई, बेलबारी नगर कमिटी सहसचिव सन्देश तामाङ, नगर कमिटी सदस्यहरु शर्मिला लुंगेली मगर र खड्ग बहादुर सुन्दास, सन्दीप राई र नारायण कुमार सुनुवार तथा मोर्चाका जिल्ला सदस्य खगेन्द्र तोलाङी छन् । त्यसबाहेक ३ सय ४२ जना नाम उल्लेखित कसैको पनि हस्ताक्षर छैन ।
उनीहरूले नेकपासँग रहेको सम्पूर्ण सदस्यता तथा राजनीतिक सम्बन्ध समाप्त गरेको घोषणा गरेका छन् । पार्टी परित्याग गर्ने समूहले आफूहरू अब श्रम संस्कृति पार्टीमार्फत राजनीतिक गतिविधि अघि बढाउने जनाएको छ । राजनीतिक कार्यशैली, संगठन सञ्चालनको तरिका तथा नेतृत्वको शैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै बुधवार एक विज्ञप्ति नै निकालेर उनीहरूले पार्टी परित्याग गरेका छन् ।पार्टी एकीकरणपछि समायोजनका नाममा कुनै छलफल, संवाद वा जानकारीबिना निर्वाचित जिम्मेवारीबाट हटाइएको आरोप लगाइएको छ । यसले पार्टीको विधि, पद्धति, आन्तरिक लोकतन्त्र तथा निर्वाचित नेतृत्वको सम्मानमाथि गम्भीर आघात पुगेको उनीहरूको आरोप छ ।
एउटा समूहले झन्डै साढे ३ सय जनाले पार्टी परित्याग गरेको दाबी गरेपनि यस विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिक धारणा आइसकेको छैन ।



