२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

नगरपालिका संघमा मोरङ, सुनसरी र झापाबाट चार केन्द्रिय सदस्य निर्बिरोध

Author Uttari Morang
शुक्रबार, भाद्र १५, २०७५
नगरपालिका संघमा मोरङ, सुनसरी र झापाबाट चार केन्द्रिय सदस्य निर्बिरोध

मोरङ । देशभरीका नगरपालिकाहरुको एकमात्र र साझा संस्था नेपाल नगरपालिका संघको अधिबेशनबाट मोरङको बेलबारी र सुन्दरहरैचा नगरप्रमुख, धरानकी कार्यबाहक मेयर र दमक नगरपालिकाकी मेेेयर प्रदेेश नम्बर १ बाट केन्द्रिय सदस्यमा निर्बिरोध निर्बाचित भएका छन ।

काठमाडौमा भएको अधिबेशनबाट बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुबेदी, सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल, सुनसरीबाट धरान उपमहानगरपालिकाकी उपमेयर मन्जु भण्डारी र दमक नगरपालिकाकी उपमेयर गीताकुमारी पौडेल  बिहिबार नै केन्द्रिय सदस्यमा निर्बाचित भएका हुुन् ।

अधिबेशन शुक्रबार सम्पन्न हुने भएपनि उनीहरू निर्बिरोध भएपछि बिहीबार नै केन्द्रिय सदस्य बने । निर्वाचित भएका मध्ये ढकाल नेपाली कांग्रेसबाट निर्बाचित नगरप्रमुख हुन् ।  सुवेदी र भण्डारी र पौडेल तत्कालीन एमालेबाट निर्बाचित भएका उपप्रमुख हुन ।