२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

खुलेको महिना पनि नबित्दै विराटचोकको कर कार्यालयमा ठगिन थाले सर्वसाधारण

Author Uttari Morang
बिहिबार, आश्विन ११, २०७५
खुलेको महिना पनि नबित्दै विराटचोकको कर कार्यालयमा ठगिन थाले सर्वसाधारण

मोरङ /   मोरङको उत्तरी भेगका जनतालाई राहत होस् भन्ने उदेश्यले विराटचोकमा स्थापना भएको करदाता सेवा कार्यालयको सेवा प्रवाहबारे  गुनासो बढ्न थालेको छ ।

गत भदौ १८ गते त्यस भेगका व्यवसायीहरुको पहलमा स्थापना भएको कर सेवा कार्यालयको सेवाबारे  खुलेको महिना दिन पनि नबित्दै सुनासो बढ्न थालेको हो । हाल सेवा सहजीकरण गर्न बसेका काउण्टरका मानिसहरुबाट नै सेवाग्राहीहरू ठगिन पुगेका छन् ।

वर्षमा रु २० लाखभन्दा कम कारोबार भएको र रु २ लाख ५० हजार सम्म आय हुने प्रकृतिका व्यवसायीक व्यक्ति  तथा फर्मले गाँउपालिकाको हकमा १५ सय र नगरपालीकाको हकमा २५ सय वार्षीक तिर्नुपर्ने व्यवस्था छ । नयाँ फर्म दर्ताको लागी स्थानीय निकायको सिफारीस र उपयुक्त कागजात भएपछि निःशुल्क दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ । तर गत आईतवार नयाँ व्यवसायीक फर्म दर्ता गर्न बिराटचोक पुगेका बेलवारी ११ लक्ष्मीमार्गका नविन घिमिरेलाइ  “सबै कागजात पुरा हुँदा हुँदै फर्म भरिदिने भन्दै कार्यालय छिर्ने बित्तिकै एक युवती आईन् र फर्म भरेर कम्प्युटर इन्ट्रि गरिदिन्छु रु ५ सय लाग्छ भनिन्”। नवीनले भने  “कर कार्यालय रहेको भुई तलामा आएर एक व्यत्तिलाई सोध्दा २ सयमा गर्दिन्छु भन्यो तर नेट स्लो छ आज हुँदैन भोली आउनु भन्यो र भोली जाँदा त्यँहा काम नहुने भएपछि अन्त्यमा ५ सय तिरेरै काम गर्नुको बिकल्प भएन र ५ सय तिरेरै काम गरे”।

कार्यालय भित्रै सेवाग्राहिको काम गरिदिनुपर्ने व्यवस्था हुँदा हुँदै अर्का एक व्यक्ति कमल राईले पनि नविकरण शुल्क २५ सय संगसंगै कम्प्युटर इन्ट्रि वापत २ सय तिर्नुपरेको गुनासो गरे । “५ सय माग्दै थिए, बार्गेलिङ गरेर मात्र २ सयमा गरेँ” राईले बताए । १५ सय र २५ सय तिर्न आँउदा २ सय देखी ५ सय सम्म कम्प्युटर इन्ट्रिको चार्ज भन्दै तिर्नुपर्दा सर्वसाधारणको गुनासो रहेको भेटिन्छ ।

व्यवसायीहरुको सेवालाई मध्यनजर गर्दै अव चाँडैनै कोशी हरैचा उध्योग वाणिज्य संघले कम्प्युटर ईन्ट्रि सहितको सहायता कक्ष स्थापना गर्ने कोशी हरैचा उध्योग वाणिज्य संघका अध्यक्ष नवराज चाँपागाँईले बताए । कार्यालय प्रमुख प्रकास राईले कर्मचारी अभाव र पुरै सिस्टम नआई सकेकोले यस्तो समस्या भएको र अव चाँडै नै यस्तो समस्या हट्ने जानकारी दिए ।