२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

अस्पतालले शब लिन नमानेपछि घरमै ल्याएर अन्त्येष्टि गरियो आत्महत्या गरेका पुर्व सांसदको

Author Uttari Morang
आइतबार, आश्विन २८, २०७५
अस्पतालले शब लिन नमानेपछि घरमै ल्याएर अन्त्येष्टि गरियो आत्महत्या गरेका पुर्व सांसदको

बेलबारी, माेरङ/ मानसिक र सारीरिक पीडाबाट विक्षिप्त वनेर अात्महत्या गर्न पुगेका पूर्व सांसद कर्ण बहादुर धिमालकाे आइतबार अन्तेष्टी गरिएकाे छ ।

असाेज २६ गते राति दुईवजे बेलबारी नगरपालिका वारणड नं २ लालभपत्तीमा रहेकाे अाफ्नै घरकाे वरण्डामा झुण्डिएरकाे अवस्थामा फेला परेका थिए ।

पुर्व सांसद तथा अन्चल प्रशाशक समेत रहेका धिमालले मरणाेपरान्त शरीर दान गरेका भए पनि विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेपाले उनकाे शरीर लिन नमानेपछि अाइतबार घरमै ल्याएर लाेहान्द्रा खोलामा उनकाे अन्तेष्ठी गरिएकाे हाे ।

उनकाे अन्तिम विदाईमा प्रदेशसभा सांसद राजकुमार अाेझा, पूर्व सांसद हर्कमान तामाङ र मधु गुरुङ, उद्याेग वाणिज्य संघ काेसीहरैचाका अध्यक्ष नवराज चापागाई, स्थानीय समाजसेवी प्रताप थापा, शिव बराल, बेलबारी तथा छिमेकी नगरपालिकाका जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा स्थानीय बासीहरुकाे उल्लेख्य संख्यामा सहभागिता रहेकाे थियाे ।

श्रीमती र एक छाेराका धनी धिमालकाे शवलाई  छाेराले दागवत्ती दिएकाे थिए।