२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

धनकुटामा प्रदेश स्तरीय महिला फुटवल शुरु, १४ जिल्लाका खेलाडीहरुको जमघट

Author Uttari Morang
आइतबार, फाल्गुण १२, २०७५
धनकुटामा प्रदेश स्तरीय महिला फुटवल शुरु, १४ जिल्लाका खेलाडीहरुको जमघट

धनकुटामा १ नम्वर प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिता शुरु भएको छ ।

एक नम्वर प्रदेशका १४ जिल्लाको सहभागिता रहने प्रतियोगिता आइतबारदेखि शुरु भएको हो । प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले आइतबार  प्रतियोगिताको  उद्घाटन गरेका छन् ।
पूर्वाञ्चल क्षेत्रीय खलकुद विकास समितिका अध्यक्ष रिवन नगरकोटीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा १ नम्वर प्रदेश का सांसद इन्द्रमणी पराजुली,  राजनैतिक दलहरुको तर्फबाट नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई लगायतले नेपालमा अहिले  खेलकुद नै देशको पहिचान स्थापित गर्ने सशक्त माध्यम रहेकोले खेलकुुदको बिकास गर्नुपर्नेमा जोड दिए ।

उद्घाटन समरोहमा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक वहादुर चौहान, धनकुटाका प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, जिल्ला प्रहरी कार्यालयका एस पी सुरेन्द्र वहादुर गुरुङ्ग, सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म धनकुटाका गुल्मपती डिएसपी बालकृष्ण श्रेष्ठ, पूर्वाञ्चल खेलकुद विकास समितिका सदस्य तथा महिला फुटवल खेलाडी छनौट समितिका संयोजक शान्ति पाख्रिन,धनकुटा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष जंङ्ग वहादुर राई, धनकुटा फुटवल संघका अध्यक्ष गोविन्द्र राई, उपाध्यक्ष मनिश्वर तामाङ्ग, महासचिव गोपाल लिम्बु, यूवा परिषदका अध्यक्ष खर्जुन छाराहाङ्ग, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष मनोज राई, जिल्ला खेलकुद विकास समिति धनकुटाका प्रमुख नविन प्रधान, नेपाल रेडक्रस सोसाईटी धनकुटका अध्यक्ष नरेन्द्र पोखरेल,जनजाती महासंघ धनकुटका अध्यक्ष सञ्जय सन्तोषी राई, पत्रकार महासंघ धनकुटाका सचिव विदुर खवास लगायत विभिन्न संघ संस्था तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

१ नम्वर प्रदेशका १४ जिल्लाले सहभागीता रहेको  प्रतियोगिता अन्तरगत  उद्घाटन खेलमा भोजपुरलाई  शुन्यको विरुद्ध ४ गोल गर्दैै मोरङ बिजयी भएको छ ।  खेलमा मोरङका जर्सी नम्वर १० का इमा राईले ह्याट्रिक गर्दै म्यान अफ दी म्याच बनिन्  ।