२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

उज्यालो नगर बनाउन ठाउँ ठाउँमा ट्रान्समिटर थप्दै बेलबारी नगरपालिका

Author Uttari Morang
मंगलबार, फाल्गुण १४, २०७५
उज्यालो नगर बनाउन ठाउँ ठाउँमा ट्रान्समिटर थप्दै बेलबारी नगरपालिका

बेलबारी नगरपालिकाले उज्यालो नगर बनाउने अभियान थालेको छ ।

विधुत नपुगेका वडा तथा टोलमा विजुली पुर्याउने उदेश्यका साथ नगरपालिकाले अहिले सघिय तथा प्रदेश सरकार संगको सहकार्यमा धमाधम ट्रान्समिटर जडान गर्न थालेको हो ।
दुई महिना भित्रमा नगरपालिकाले २ वटा ट्रान्समिटर जडान गरीसकेको छ । वडा नम्बर ६ र नौ नम्बरमा जडान गरिसकिएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

उज्यालो नगरकारुपमा विकास गर्न दु्रत गतिमा काम भईरहेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।उनले नगरपालिकाले विधुत बिस्तार बर्षका रुपमा नगरपालिकाले काम गरीरहको बताए । उनले नगरका सवै घरहरुमा झलमल बत्ति वाल्ने काम अगाडि वढाइएको बताए ।
विकास बजेट सहर केन्द्रित भइरहेको बताइरहेका बेला   गाँउ केन्द्रित बजेट पुर्याउन त्यस्तो कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ ।