२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

सामुहिक बलात्कारमा परिन् मोरङ लेटाङकी वालिका, बलात्कार गर्ने एउटा केटो पक्राउ

Author Uttari Morang
बिहिबार, फाल्गुण ३०, २०७५
सामुहिक बलात्कारमा परिन् मोरङ लेटाङकी वालिका, बलात्कार गर्ने एउटा केटो पक्राउ

मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारेस्थित थापा चौकका तीनजना युवाले मोरङकै लेटाङकी एक बालिकालाई सामुहिक बलात्कार गरेका छन् ।

लेटाङ नगरपालिका घर भएकी १३ वर्षीय बालिकालाई झुक्याएर उर्लाबारीस्थित घरमै लगेर उनीहरूले रातभर बलात्कार गरेको तीनदिनपछि सार्वजनिक भएको हो । बलात्कारमा संलग्न युवाहरमा रेवत भनेर चिनिने २५ वर्षीय चन्द्रमणि आचार्य, हजेम्स क्षेत्री, रेगन छन् ।

‘गिफ्ट’ ल्याइदिएको छु भन्दै मोरङको कानेपोखरीमा बोलाएर आफ्नो मोटरसाइकलमा राखेर आचार्यले बालिकालाई आफ्नै घरमा पु¥याएर बलात्कार गरेको  प्रहरीको अनुसन्धानबाट खुलेको छ । बलात्कारमा संलग्न मध्ये आचार्यलाई प्रहरीले मंगलबार मोरङको मिक्लाजुङबाट  पक्राउ गरेको छ ।

प्रहरीका अनुसार एक रेडियो कार्यक्रममार्फत बालिका र आचार्यबीच चिनजान भएको थियो । त्यही चिनजानका आधारमा आचार्य गत शुक्रबार बालिकालाई भेट्न भन्दै लेटाङमै पुगेका थिए । त्यसदिन दुई जनाबीच पहिलो भेटघाट भएको प्रहरीको भनाइ छ ।

उर्लाबारी प्रहरीका अनुसार  अनुसार भेटघाट भएको भोलीपल्ट शनिबार फोन गरेर ‘गिफ्ट’ ल्याइदिएको छु भन्दै आचार्यले वालिकालाई कानेपोखरीमा बोलाएका थिए । कानेपाखेरीमा भेट भएपछि साथमा ‘गिफ्ट’ ल्याउन विर्सिएको भन्दै आचार्यले फकाएर आफ्नै घरमा लगेको र रातभर बन्धक बनाएर बलात्कार गरेको प्रहरीको भनाइ छ । घटना भएको रात आचार्यका घरमा परिवारका सदस्य कोही नभएको र केही खानेकुरा मिसाएर पानीमा खान दिएपछि बालिका बेहोस भएपछि  आचार्यले रातभर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बलात्कार पीडित बालिका मानसिक रुपमा विक्षिप्त बनेकी छिन् । वालिका चिच्याउने, रुने र कराउने गरेको प्रहरीको भनाइ छ । बलात्कार पीडित बालिकाको कोसी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य परीक्षण र उपचार गरिएको  छ ।  पक्राउ परेका आचार्य विरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम जवरजस्ती करणी मुद्दाका लागि अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।