२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
खबर

सहकारी दिवसमा लालिगुराँसले गर्यो रक्तदान, ५३ प्रिण्ट रगत संकलन

Author Uttari Morang
सोमबार, चैत्र १८, २०७५
सहकारी दिवसमा लालिगुराँसले गर्यो रक्तदान, ५३ प्रिण्ट रगत संकलन

बेलबारी, माेरङ/ ६२ औं राष्ट्रिय सहकारी दिवसकाे अवसर पारेर अाज बेलबारीमा रहेकाे लालीगुराँस वचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं ३ काे पश्चिम बस स्ट्याण्ड छेउमा आयाेजना गरेकाे रक्तदान कार्यक्रममा स्वतस्फुर्त रुपमा स्थानीयहरुले सहभागिता जनाएका थिए ।

बिहान ८ वजेदेखि ११ वजेसम्म संचालन गरिएकाे रक्तदान कार्यक्रमबाट ५३ प्रिन्ट रगत संकलन भएकाे लालीगुराँस बचत तथा ऋण सहकारीले जनाएकाे छ ।

संस्थाकाे नियमित कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम गरेकाे भए पनि पछिल्लाे समय रगतकाे अभावलाई यसले थाेरै मात्रामा भए पनि सहयाेग पुर्याउने लालीगुराँस वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् सहकारी सन्जाल बेलबारीका संयाेजक दुर्गाप्रसाद गाैतम वताउँछन् । नेपाल रेडक्रस साेसाइटी माेरङकाे प्राविधिक सहयाेगमा रक्तदान संचालन गरिएकाे आयाेजकले जनाएकाे छ ।

लालीगुराँस वचत तथा ऋण सहकारी बेलबारीकाे मात्र नभएर उत्तरी माेरङकै अग्रणी संस्था मानिन्छ । केही दिनअघि मात्र संस्थाका अध्यक्ष दुर्गाप्रसाद गाैतमकाे संयाेजगत्वमा बेलबारी सहकारी संजालकाे स्थापना गरिएकाे छ ।