२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

रहेनन् पुर्वकै राम्रा वाल रोग विशेषज्ञ डा. बिमल अग्रवाल

Author Uttari Morang
मंगलबार, जेठ ०७, २०७६
रहेनन् पुर्वकै राम्रा वाल रोग विशेषज्ञ डा. बिमल अग्रवाल

विराटनगरमा सबैभन्दा  लोकप्रिय बरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको मंगलबार राति निधन भएको छ ।

उनको मंगलबार राति करिब साढे १० बजे निधन भएको पारिवारिक श्र‍ोतले जनाएको छ  ।

स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनी आफै गाडी चलाएर नोबेल अस्पताल पुगेका थिए । त्यहाँ उनलाई ब्रेन हेड भएको थाहा भएको थियो । बिगत ६ वर्षदेखि विराटनगरको कोसी अञ्चल अस्पतालमा कार्यरत ४० वर्षीय अग्रवाल पुर्वकै लोकप्रिय बाल विशेषज्ञ थिए ।

विराटनगरको जहदा रोड निवासी उनका श्रीमती र एक छोरी छन् । डा. अग्रवाल विभिन्न सामाजिक संस्थामा पनि आबद्ध थिए ।

एक महिना यता बिराटनगरले दुई चर्चित डाक्टरहरु गुमाएको छ । गत महिना पनि लामो समयदेखि क्यान्सरबाट पीडित पुर्वकै लोकप्रिय वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर मुुुुकुन्द दाहालको पनि निधन भएको थियो ।