२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
कला/संस्कृति

बेलबारी कला तथा साहित्य महाेत्सव, चित्रकला प्रतियोगिता पनि सम्पन्न

Author Uttari Morang
शनिबार, जेठ ११, २०७६
बेलबारी कला तथा साहित्य महाेत्सव, चित्रकला प्रतियोगिता पनि सम्पन्न

बेलबारी, माेरङ/ कला तथा साहित्यकाे प्रवर्धन गर्ने उद्देश्यले  शुक्रबारदेेखि  दुईदिने बेलबारी कला तथा साहित्य महाेत्सव  छ ।

बेलबारी नगरपालिका वार्ड नं ११ काे स्वर्गिक भवनमा संचालन गरिएकाे साे कार्यक्रमकाे उद्घाटन बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए ।

साे कार्यक्रममा, वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदी, प्राज्ञ गंगा सुवेदी, डा. वद्रिविशाल पाेखरेल, स्रष्टा समाजका अध्यक्ष हर्कमान तामाङ, नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानकी संरक्षिका सरला चापागाई, झाेराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाई, साहित्यकार देवि पन्थी, भारतबाट आएकी कवि जिविका अश्रु, लगायतका दर्जनाै साहित्यकारहरुकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रमकाे उद्घाटन गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले लोप हुन लागेका भाषा र संस्कृतिको संरक्ष्णमनमा साहित्यकारहरुको ठूलो भूमिका रहको बताए ।

प्राज्ञ गंगा सुवेदीले साहित्य तथा कला मानव जीवनकाे अभिन्न अङ्ग भएकाेले त्यसकाे जगेर्नामा सवैले लागि पर्नु पर्नेमा जाेड दिईन् । साथै प्राज्ञ सुवेदीले कला तथा संस्कृतिकाे जगेर्नामा याेगदान पुर्याएकाेमा बेलबारी साहित्य विकास समितितलाई धन्यवाद समेत दिईन् ।

कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीले मौलिक संस्कृति हराउँदै गरेकोले बाल वालिकाहरुलाइ मौलिक भाषा, कला र संस्कृतिको शिक्षा दिनुपर्नेमा जोड दिए ।

सो अबसरमा विद्यालय स्तरीय चित्रकला प्रतियोगिता समेत गरिएको थियो । प्रतियोगितामा २६ जना सहभागी भएकोमा कला, संस्कृति मा आधारित कलाकृती बनाउने शृङ्खला धिमाल, निस्ता राई र सुमन तामाङलाई उत्कृष्ट घोषणा गरी पुरस्कृत गरिएको छ । प्रतियोगितामा रोहन धिमाललेे सन्त्वना पुुुरस्कार पाएका छन्  ।