२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
खबर

लालभित्तिमा सामुहिक धान रोपाइँ कार्यक्रम सम्पन्न, मेयर अनि उपमेयरले पनि रोपे धान

Author Uttari Morang
आइतबार, आषाढ १५, २०७६
लालभित्तिमा सामुहिक धान रोपाइँ कार्यक्रम सम्पन्न,  मेयर अनि उपमेयरले पनि रोपे धान

राष्ट्रिय धान दिबसका अबसरमा आईतबार बिहान बेलबारी नगरपालिका २ लालभित्तिमा सामुहिक धान रोपाइँ कार्यक्रम गरिएको छ ।

बेलबारी नगरपालिकाका मेयर  ज्ञानेन्द्र सुवेदी, उपमेयर ढाकाकुमारी पराजुली, प्रबक्ता योगेन्द्र सुवेदी लगायत धेरै वडाध्यक्षहरु पनि कार्यक्रममा उपस्थित थिए । ठुलो संख्यामा भेला भएका कृषक, जनप्रतिनिधि, नेता लगायतले धान रोपेर धान दिबस अर्थात असार १५ मनाएका हुन्  ।
मोरङको बेलबारी २ गौतम टोलमा आयोजित धान दिबस तथा सामुहिक धान रोपाँई कार्यक्रममा हिलोमा पसेर धान रोप्ने अनि फोटो खिच्नेहरुको होडबाजी नै चले झैँ देखिन्थ्यो ।

धान रोपाइँ कार्यक्रममा आएका मेयर सुवेदीले धानको गावो हालेर कार्यक्रमको उदघाटन गरेका थिए । स्थानीय श्रमजीवि बहुउद्धेश्यीय सहकारी कृषि फार्म प्रा.लि को आयोजनामा भएको सो कार्यक्रममा सञ्चारकर्मीहरु पनि उपस्थित थिए ।