२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

प्रदेश स्तरीय मुख्यमन्त्री कपको फाईनलमा पुग्यो बेलबारी, उपाधिका लागि झापासँग भिड्दै

Author Uttari Morang
सोमबार, आषाढ ३०, २०७६
प्रदेश स्तरीय मुख्यमन्त्री कपको फाईनलमा पुग्यो बेलबारी, उपाधिका लागि झापासँग भिड्दै

सुनसरीको धरानमा जारी प्रदेश न. १ स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा धरान फुटबल क्लबलाई हराउँदै बेलबारी फाईनल प्रवेश गरेको छ ।
आईतबार भएको खेलमा सुनसरीलाई २–१ गेलले हराउदै बेलबारी फुटबल क्लब मोरङ फाइनलमा प्रवेश गरेको हो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १ नं मैदानमा आइतबार आयोजित खेलमा मोरङको बेलबारी फुटबल क्लबसँग २–१ ले स्तब्ध हुदै धरान प्रतियोगिताबाट बाहिरियो भने बेलबारी समुह ‘क’को विजेता बन्दै प्रतियोगिताको फाइनल प्रवेश गर्यो । बेलबारी कुल ६ अंकसहित समुह बिजेता बन्यो ।

बेलबारीको लागि पहिलो हाफको ४४ औं मिनेटमा मौषम सुब्बाले गोल गरेका थिए भने दोस्रो हाफको इञ्जुरी समयमा एनस मगरले गोल गरेका थिए ।

धरानको लागि ४८ औं मिनेटमा हिसुप थपलियाले एक गोल गरेपनि हारबाट जोगाउन सकेनन् । खेलको म्यान अफ दि म्याच घोषित हुदै बेलबारीका सौरभ कार्कीले नगद ५ हजार र ट्रफी हात पारे ।

यस्तै, दोस्रो खेलमा इलामको रेडहर्ष क्लबलाई ३–१ गोलअन्तरले हराउदै सैनिक युथ क्लब झापा फाइनल प्रवेश गरेको छ । समुह बी को विजेता बन्दै फाइनल पुगेको झापाले मंगलबार उपाधिको लागि फाइनलमा मोरङको बेलबारी फुटबल क्लबको सामना गर्नेछ ।

समुह क को विजेता मोरङको बेलबारी र समुह बी को विजेता झापाको सैनिक युथ क्लबबीच मंगलबार धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा फाइनल खेल हुनेछ ।

फाइनल खेलको विजेता प्रदेश लिग च्याम्पियन हुदै नगद ५ लाख र ४ केजीको चाँदीको ट्रफी उचाल्नेछ भने दोस्रो हुने टिमले नगद ३ लाख हात पार्नेछ ।  च्याम्पियन टोली प्रेसिडेन्ट कप पनि खेल्ने अवसर पाउनेछ । प्रेसिडेन्ट कपको उत्कृष्ट ४ टिमले राष्ट्रिय लिगमा अवसर पाउने आयोजक एन्फाले जनाएको छ ।