२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

१५ श्रीमतीका पोइ, जसले बर्सेनी सैयौं युवतीलाई लाइन लगाएर नयाँ श्रीमती रोज्छन्

Author Uttari Morang
मंगलबार, मंसिर १०, २०७६
१५ श्रीमतीका पोइ, जसले बर्सेनी सैयौं युवतीलाई लाइन लगाएर नयाँ श्रीमती रोज्छन्

बहुविवाह  वैध भएको गरिब अफ्रिकी मुलुक स्वाजिल्याण्डका मस्वती–३ नाम गरेका राजा १५ श्रीमती र २५ सन्तान भएका कारण चर्चित बनेका छन् । उनले बर्सेनि श्रीमती थप्ने गरेका छन् ।

बहुविवाह प्रथा वैध भएको स्वाजिल्याण्डमा बर्सेनि एउटा समारोहमा नाङो गराइ सहभागी युवती रोजेर श्रीमती थप्ने उनका हालसम्म १५ जना श्रीमती भएका छन् । बहुविवाह वैध भएको स्वाजिल्याण्डमा हरेक वर्ष शरीरको माथिल्लो भाग पूरै नग्न अवस्थामा कुमारी केटीहरुको परेड गर्ने प्रथा छ  । यो परेडबाट राजाले हरेक वर्ष आफ्नो लागि एक नयाँ श्रीमती रोज्छन् । जो केटीहरु यो परेडमा आउँदैनन् उनीहरुलाई विभिन्न किसिमका सजाय दिइन्छ । नग्न केटीहरुको परेडबाट राजाले श्रीमती रोज्ने यो प्रथामाथि प्रश्न उठिरहे पनि यसलाई बन्द गरिएको छैन ।

यो देशका आम नागरिक भने बाँच्नका लागि आधारभूत आवश्कयताबाट पनि बञ्चित छन् । विश्व खाद्य कार्यक्रमका अनुसार यहाँको ६३ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ । १५ देखि ४९ वर्ष उमेरका २५ प्रतिशत नागरिक एचआइभीबाट संक्रमित छन् । रिपोर्टका अनुसार देशको १० प्रतिशत जनसंख्या उच्च वर्गको छ । यी १० प्रतिशत नागरिकको खर्च देशको आधा जनसंख्याको बराबर छ ।

संसारका सबैभन्दा गरिब देशहरुमध्येको एक स्वाजिल्याण्ड, जहाँका करिब ६३ प्रतिशत जनता गरिबीको रेखामुनि भएपनि  यो देशका राजा भने यति घनी र बिलासी छन् कि जसलाई धनी देशका जुनसुकै राजाले भेट्न सक्दैनन् ।

एजेन्सीका राजा स्वयंको सम्पत्ति २०० मिलियन डलर (२३ अर्ब रुपैयाँ) बराबर भएको अनुमान गरिएको छ  । उनीसँग निजी विमानदेखि लिएर निजी एयरपोर्टसम्म छन् ।

मस्वती ३ सन १९८६ देखि राजाको पदमा छन् । यसअघि  २५ मिलियन डलर (झण्डै ३ अर्ब नेपाली रुपैयाँ) मा बिलासी जेट विमान खरिद गरेका कारण विवादमा परिसकेका उनले हालै श्रीमतीहरुको लागि १३ मिलियन पाउण्ड (२ अर्ब  रुपैयाँ) का बिलासी कार किनेका छन् । उनले  आफ्ना १५ श्रीमतीका लागि १५ वटा रोल्स रोयस र दर्जनौं बिएमडब्लु कार किनेका छन् ।

गत वर्ष आफ्नो जन्मदिनको अवसरमा राजाले आफ्नो देशको नाम नै बदलिदिएका थिए । उनले आफ्नो देशको नाम स्वाजिल्याण्डबाट बदलेर इस्वातिनी बनाएका थिए । यद्यपि अझैसम्म पनि यो देशलाई स्वाजिल्याण्डकै नामले चिनिन्छ । करिब १३ लाख जनसंख्या भएको स्वाजिल्याण्ड अफ्रिकामा पर्छ ।