२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

हिंसा तथा बलात्कार विरुद्ध जुध्न किशाेरीहरुलाई आत्मरक्षा तालिम दियो शिक्षा सन्देशले

Author Uttari Morang
बुधबार, मंसिर ११, २०७६
हिंसा तथा बलात्कार विरुद्ध जुध्न किशाेरीहरुलाई आत्मरक्षा तालिम दियो शिक्षा सन्देशले

महिला हिंसा तथा बलात्कार विरुद्ध किशाेरीहरुलाई लड्न सक्ने वनाउने अभिप्रायका साथ बेलबारी २ मा रहेकाे शिक्षा सन्देश ई स्कुलले दुईदिने आत्मरक्षा तालिम संचालन गरिएकाे छ ।

शिक्षा सन्देश ई स्कुल बेलबारीकाे आयाेजना र केआईएफ कुराेदय सेल्फ डिफेन्स मार्सल आर्टस संघ नगर समिति बेलबारीकाे प्राविधिक सहयाेगमा संचालन गरिएकाेमा तालिममा विद्यालयका कक्षा ७, ८ र ९ कक्षाका छात्राहरुलाई तालिम दिईरहेकाे विद्यालयका प्रिन्सिपल राजेश खत्रीले जानकारी दिए  ।

दुईदिने तालिममा केआईएफ कुरुदय मार्टसल आर्टस संघका केन्द्रीय सदस्य विरबहादुर सुब्बा, प्रदेश नं १ का प्रमुख प्रशिक्षक प्रकाश बस्नेतले तालिम दिईरहेका छन् ।

बालिकाहरु दिनानुदिन असुरक्षित भ‌रहेकाेले उनीहरुलाई यस्ताे आत्मरक्षा सम्बन्धित तालिमकाे खाचाे रहेकाे केआईएफ कुरुदय मार्टसल आर्टस संघ बेलबारी नगर समितिका अध्यक्ष शितल राय वताउंँछिन्।