२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

अस्ट्रेलियाको भिक्टोरियामा अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को समिति गठन

Author Uttari Morang
शुक्रबार, मंसिर २७, २०७६
अस्ट्रेलियाको भिक्टोरियामा अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को समिति गठन

मेलबर्न /अस्ट्रेलियाको भिक्टोरिया राज्यमा छरिएर रहेका नेपाली कलाकार र साहित्यकारहरुको भेलाले अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को भिक्टोरिया राज्य समिति गठन गरेको छ ।

इनासका ओसेनिया को-ओर्डीनेटर, साहित्यकार तथा पत्रकार सुशील चालिसेको सकृयतामा सम्पन्न उक्त भेलामा भिक्टोरियाका बिभिन्न नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु, समाजसेवीहरु, संचारकर्मी, शुभचिन्तक लगायत कलाकारितालाई माया गर्ने बिभिन्न विधाका ब्यक्तिहरुको उपस्थिति थियो ।

भेलाबाट गठित समितिमा गौतम लामिछाने अध्यक्ष, पार्बती पहारी उपाध्यक्ष, बिराज थापा उपाध्यक्ष, उज्ज्वल अधिकारी सचिव, अनु पाण्डे कोषाध्यक्ष र मनोज पौडेल प्रबक्ता छन् । त्यस्तै सदस्यहरुमा अरुण चित्रकार, सुमन गुरुङ, लक्ष्मण सन्ज्याल, इश्वरी पौडेल र कुमार महर्जन चयन भएका छन् । ओसेनिअया को-ओर्डीनेटर सुशील चालिसे संरक्षक रहेको उक्त कमिटीको अब बस्ने बैठकले संरक्षक तथा सल्लाहकारहरुको चयन गर्ने कमिटीका अध्यक्ष गौतम लामिछानेले बताए ।

उक्त कार्यक्रममा नबगठित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई  इनासका ओसेनिया को-ओर्डीनेटर सुशील चालिसेले शपथ ग्रहण गराएका थिए  । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज नेपाली साहित्य र संस्कृतिलाई माया गर्ने कलाकारकर्मी तथा साहित्यकर्मीहरुलाई एकत्रित गर्दै  नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै आएको संस्था हो । नेपाली कलाकारहरूको लागि सक्रिय रहँदै आएको यो संस्था ले ७३ देशमा शाखा बिस्तार गरिसकेको छ ।