२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

खोटाङ ऐसेलुखर्कमा केएमसीको नि:शुल्क स्वास्थ्य शिविर, १३ सय बिरामी लाभान्वित

Author Uttari Morang
आइतबार, बैशाख ०५, २०७८
खोटाङ ऐसेलुखर्कमा केएमसीको नि:शुल्क स्वास्थ्य शिविर, १३ सय बिरामी लाभान्वित

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नं. ३ मा शनिवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

ऐसेलुखर्क गाउँपालिकासँग सहकार्य गरेर एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

शिविरमा १ हजार ३ सय ६५ जना विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

दाहालका अनुसार १६२ जनाको इसीजी, १९२ जनाको ल्याब टेष्ट र २०४ जनाको भिडियो एक्सरे गरिएको छ ।

शिविर उद्घाटन कार्यक्रममा बोल्दै पूर्व सांसद सरस्वती गजुमाया, ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौला, नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति सुवास पोख्रेल लगायतले गाउँ–गाउँका विरामीलाई लक्षित गरी शिविर आयोजना गरिएको भन्दै शिविरबाट भरपुर स्वास्थ्य सेवा लिन बिरामीहरुलाई आग्रह गरेका थिए ।

समाजसेवी डा. सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि पछिल्लो समय केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।