२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

नरेश श्रेष्ठको नेतृत्वमा कांग्रेसको धनकुटा नगर कार्य समिति चयन

Author Uttari Morang
बुधबार, आश्विन २०, २०७८
नरेश श्रेष्ठको नेतृत्वमा कांग्रेसको धनकुटा नगर कार्य समिति चयन

नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिको १४ औ अधिवेशनले यूवा नेता नरेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ ।

असोज ९ गते उद्घाटन भई सभापति वाहेकका पदहरुमा सर्वसम्मत नेतृत्व चयन भए पनि सभापतिमा सहमति नहुँदा रोकिएको नेतृत्व चयन प्रक्रिया १० दिनपछि टुंगिएको हो । जस अनुसार नगर सभापतिमा नरेश श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनबाट उपसभापतिमा अभिषेक कर्माचार्य र अमित तामाङ्ग, सचिवमा राम तामाङ्ग र लोकेन्द्र खड्का, सहसचिवमा शारदा सन्तोषी राई र ज्ञानेन्द्र वहादुर वस्नेतलाई सर्वसम्मत चयन भएका छन् ।

सहायक मतदान अधिकृत खगेन्द्र घिमिरेका अनुसार सदस्यहरुमा धन वहादुर तामाङ, मोहन कुमार तामाङ, उत्तम सिंह ठाडा मगर, दिपक कुमार वस्नेत, करुण गुरागाई, दुर्गा वहादुर घिमिरे, कलम प्रसाद श्रेष्ठ, युर वहादुर वस्नेत, किरण प्रधान, टिका श्रेष्ठ, आदित्य श्रेष्ठ, गोकुल लईटेल, केदार नाथ श्रेष्ठ, वृक्ष वहादुर राई, दिनेश राई, दिल वहादुर राई, जीवन लिम्बु,नविन घिमिरे, यज्ञ प्रसाद दाहाल, देवेन्द्र वहादुर राई, दुर्गा गोङ्वा, साधन लिम्बु भूजेल, कमला वस्नेत, मिना कुमारी श्रेष्ठ, कृष्णमाया श्रेष्ठ, हिरादेवी राई, मञ्जु आचार्य, जुनश्वरी राई, अन्तदेवी खत्री, विष्णु माया तामाङ्ग,पुरुत्तम अर्याल, नगेन्द्र प्रसाद काफ्ले,लेखनाथ रिजाल,संगिता चपागाई, सविना कार्की, अर्जुन घले, विशाल गोङ्वा तामाङ, अशोक लिम्बु, कृष्ण कुमार दर्लामी मगर, प्रकाश वहादुर तामाङ, भोजराज दर्लामी मगर, सुन कुमारी राई, रेजीना पलिखे, अञ्जु तितुङ्ग तामाङ, मुना सार्की,जनक कुमारी सुन्दास र शिव पुजन शाहलाई निर्विरोध निर्वाचित गरेको नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।

यसैगरी क्षेत्रीय प्रतिनिधि अपाङ्ग तर्फ राम वहादुर श्रेष्ठलाई समेत निविरोध निर्वाचित गरेको धनकुटा नगरपालिका नेपाली कांग्रेसका मतदान अधिकृत सुन्दर श्रेष्ठले वताए ।

नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका निर्वाचित पदाधिकारी तथा सदस्यहरु र क्षेत्रिय प्रतिनिधिलाई नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा, आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, प्रदेश सभा सांसद लिला सुब्बा, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, महासमिति सदस्यहरु आनन्द सन्तोषी राई, मिन वहादुर कार्की, असित नर सिंह थापा, जिल्ला सदस्य सुमन तिम्सिना, रोशेष श्रेष्ठ, पूर्व डिआईजी दिनेश श्रेष्ठ, पूर्व जिल्ला सहसचिव राजन पौडेल, नेपाल तरुण दल धनकुटाका कार्यवाहक सभापति युवराज पराजुली, नगर सभापती रोशन श्रेष्ठ, पूर्व वडा सभापती सुनिल डगोल, मतदान अधिकृत सुन्दर श्रेष्ठ, सहयाक मतदान अधिकृतहरु खगेन्द्र घिमिरे, ज्ञानेन्द्र यादव, हिमाल दाहाल, नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला लगायतले खादा माला तथा टिका लगाई दिई बधाई तथा शुभ कामना दिएका थिए । सो अवसरमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई मतदान अधिकृत सुन्दर श्रेष्ठले निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेका थिए ।
धनकुटा नगरका नवनिर्वाचित सभापति नरेश श्रेष्ठलाई निवर्तमान सभापति रोशन श्रेष्ठले पद हस्तान्तरण गरेका छन् ।