१० लाखको लागतमा धनकुटामा कलात्मक शंघधर शाख्वा गेट निर्माण, सांसद श्रेष्ठले गरिन् उद्घाटन
Uttari Morang
धनकुटामा शंघधर याख्वाको आर्कषक तथा कलात्मक प्रवेशद्धार (गेट) निर्माण गरिएको छ ।
धनकुटाको त्रिवेणी चौकमा निर्माण गरिएको शंघधर याख्वा प्रदेश द्धारको प्रदेश नम्वर १ का सांसद कुसुम कुमारी श्रेष्ठले नेपाल सम्वत ११४२ को अवसर पारेर उद्घाटन गरेकी छिन् ।
प्रदेश द्धार (गेट)को प्रदेश सांसद कुसुम कुमारी श्रेष्ठको सांसद कोषबाट ५ लाख रुपैया र जन श्रमदान तथा विभिन्न मानुभावहरुबाट सहयोग संकलन गरी जम्मा १० लाख रुपैया वरावरको लागतमा निर्माण गरिएको निर्माण समितिका अध्यक्ष केदानाथ श्रेष्ठले वताए।
सो अवसरमा गेट निर्माणमा महत्वपूर्ण सहयोग गर्नु हुने प्रदेश नम्वर १ का सांसद कुसुम कुमारी श्रेष्ठ, निर्माण समितिका अध्यक्ष केदारनाथ श्रेष्ठ,आर्थिक तथा भौतिक सहयोग गर्ने जंग वहादुर डंगोल, लोकेन्द्र रायमाझी, श्रीवानी टे«डस धनकुटा ७ का प्रोपाईटरहरु विपिन प्रधान, मनोज डंगोल, लिला कुमार डंगोल, सुन्दर श्रेष्ठ, उर्गेन शाक्य लगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्रदेशद्धार उद्घाटन कार्यक्रममा नेपा पुच धनकुटाका अध्यक्ष तथा नेवा दे दबुका निर्वमान केन्द्रिय उपाध्यक्ष नविन किशोर शाक्य,नेवा दे दवु धनकुटाका अध्यक्ष श्रीकृष्ण प्रधान,सल्लाहकार दिपक शाक्य,पूर्व डि आई जी दिनेश अमात्य,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,कोषाध्यक्ष रुपेश श्रेष्ठ,धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,वडा नं. ५ का वडा सदस्य तथा नेवा पुच धनकुटा नगरका अध्यक्ष रोशन श्रेष्ठ,सिता श्रेष्ठ,निर्माण समितिका अध्यक्ष केदारनाथ श्रेष्ठ ,मिसा खल धनकुटाका अध्यक्ष रेणु श्रेष्ठ,प्रध्याक रमेश श्रेष्ठ, धनकुटा लेडिजेसिजका स्थापक अध्यक्ष प्रमिसा थापा श्रेष्ठ,धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष विप्लमान श्रेष्ठ लगायतको सहभागिता थियो ।
नेपाल सम्बतकै अबसरमा समाजसेवी विकास प्रधान,जेष्ठ सदस्य ८७ बर्षिया कृष्ण कुमारी श्रेष्ठ, ८२ बर्षिय जेष्ठ सदस्य इन्द्र वहादुर प्रधानलाई दोसल्ला ओढाएर अध्यक्ष शुम्भु प्रधान,नेवा दे दवुका निर्वतमान केन्द्रिय उपाध्यक्ष नविन किशोर शाक्य,प्रदेश सांसद कुसुम कुमारी श्रेष्ठले सम्मान गरेका थिए ।




