२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

रिटर्नी माइग्रेण्ट नेपालको प्रदेश समितिसहित प्रदेश १ का जिल्ला समितिहरु विगठन

Author Uttari Morang
शनिबार, माघ ०८, २०७८
रिटर्नी माइग्रेण्ट नेपालको प्रदेश समितिसहित प्रदेश १ का जिल्ला समितिहरु विगठन

विदेशबाट फर्किएका युवाहरुको साझा संस्था रिर्टर्नी माइग्रेंट नेपालको प्रदेश १ कमिटी र मातहतका जिल्ला कमिटीहरु विगठन भएका छन् ।
दमक स्थित अर्चिड एकेडेमीको सभाहलमा बिहीबार सम्पन्न रिर्टर्नी माइग्रेंट नेपाल प्रदेश समितिको अन्तिम बिस्तारित बैठकले प्रदेश समिति र जिल्ला समितिको समयावधि सकिएर निष्क्रिय भएको र केन्द्रबाट समेत कुनै मार्गदर्शन र कार्यक्रमहरु नआएकोले अन्योलता रहेको भन्दै विगठन गरेको हो ।

केन्द्रीय सचिव उत्तम श्रेष्ठ सेनको प्रमुख अतिथ्यता तथा प्रदेश १ प्रदेश समितिका अध्यक्ष गोकुलबहादुर थापाको अध्यक्षतामा आयोजित बैठकमा ताप्लेजुङका अध्यक्ष गोपाल भण्डारी, मोरङ अध्यक्ष राजु भट्टराई, सुनसरी अध्यक्ष खगेन्द्र कार्की, धनकुटा अध्यक्ष उमेश देउजा, भोजपुर संयोजक मिनध्वज कार्की, पाँचथर संयोजक ज्ञानेन्द्र सम्वाहाम्फे, उदयपुर सह संयोजक ओमराज लिम्बु, झापा कोषाध्यक्ष रोशनी अधिकारी, झापा जिल्ला सदस्य मीरा संग्रौला तथा प्रदेश समितिका पदाधिकारी तथा अन्य कृयाशिल अभियन्ताहरुको उपस्थिति थियो ।

बैठकमा रिर्टर्नी माइग्रेंट नेपालको स्थापनाका लागि गरिएका प्रयत्न तथा सुरुदेखि विगठनसम्मको प्रगति एवं कमिकमजोरीहरुको समिक्षा गरिएको थियो । बैठकमा जिल्ला तथा प्रदेशलाई केन्द्रबाट अधिकार प्रत्यायोजन नगरिएको र स्थानीय स्तरमा कुनै कामकाज गर्न तथा संझौता गरी योजना संचालन गर्न जिल्लामा सुचिकृत हुनका लागि केन्द्रबाट कुनै कागजात तथा सिफारिश उपलब्ध हुन नसकेको, कतिपय स्थानमा कामहरु भएपनि स्थानीय तहबाट भुक्तानी लिन असहज भएको लगायतका समस्याबारे पनि छलफल भएको थियो । संस्था सञ्चालन गर्न कठिन हुने भन्दै प्रदेश १ मातहतका सबैजसो जिल्लाका अध्यक्ष तथा संयोजकहरुले निकास दिन उचित हुने सुझाव दिएका र सोही सुझावको आधारमा सर्वसम्मत रुपमा रिर्टर्नी माइग्रेंट नेपालका प्रदेश नम्बर १ कमिटी बिगठन गरिएको रिर्टर्नी माइग्रेंट नेपाल प्रदेश १ अध्यक्ष गोकुलबहादुर थापाले बताए ।