२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

तेह्रथुमका सबै स्थानीय तहमा एमालेविरुद्ध मोर्चाबन्दी गर्दै सत्तापक्षीय दलहरू

Author Uttari Morang
शुक्रबार, चैत्र १८, २०७८
तेह्रथुमका सबै स्थानीय तहमा एमालेविरुद्ध मोर्चाबन्दी गर्दै सत्तापक्षीय दलहरू

सत्तारूढ गठबन्धन सम्बद्ध पार्टीहरुले स्थानीय चुनावमा तेह्रथुममा पनि एमालेविरूद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका छन् ।

एक साताअघि धनकुटामा वडा तहसम्मै तालमेल गर्ने निर्णय गरेका गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी र मञ्चसम्बद्ध लिम्बुवान पार्टी नेपालले तेह्रथुम जिल्लामा तालमेल गर्ने निर्णय गरेका हुन्। धनकुटामा लिम्बुवान पार्टी भने गठबन्धनमा सामेल थिएन ।

२०७४ को स्थानीय तह निर्वाचनमा  तेह्रथुममा एउटाबाहेक अरू सबै स्थानीय तहमा एमाले विजयी भएको थियो।

तेह्रथुममा दुई नगरपालिका र चार गाउँपालिकासहित ६ वटा स्थानीय तह छन्। २०७४ को स्थानीय चुनावमा म्याङलुङ नगरपालिकासहित आठराई गाउँपालिका, छथर, फेदाप र मेन्छ्यायेम गाउँपालिका एमालेले र लालीगुराँस नगरपालिकामा कांग्रेसले जितेको थियो।

तेह्रथुममा तालमेल गर्ने निर्णयमा कांग्रेस जिल्ला सभापति अर्जुन तुम्बाहाम्फेसहित माओवादी केन्द्रका संयोजक इन्द्रबहादुर इम्सङ, एकीकृत समाजवादीका अध्यक्ष कृष्ण चोङबाङ, जसपाका अध्यक्ष भगवान रिजाल र लिम्बुवानका तर्फबाट विजय निलेकुले हस्ताक्षर गरेका छन् ।