२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

माओवादी केन्द्रद्वारा धनकुटाबाट चुनाव लड्ने संघीय तथा प्रदेश उम्मेदवारहरु सिफारिस

Author Uttari Morang
शुक्रबार, भाद्र २४, २०७९
माओवादी केन्द्रद्वारा धनकुटाबाट चुनाव लड्ने संघीय तथा प्रदेश उम्मेदवारहरु सिफारिस

नेकपा माओवादी केन्द्रले गायक शम्भु राईसहित धनकुटाबाट प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभाका प्रत्यक्ष उम्मेदवारहरु सिफारिस गरेको छ ।

नेकपा माओवादी केन्द्रले धनकुटामा बिहीबार पत्रकार सम्मेलन गरी आफ्ना उम्मेदवारहरु सार्वजनिक गरेको हो ।
माओवादी धनकुटाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ  २०७४ सालको निर्वाचनमा निर्वाचित संविधान सभा सदस्यसमेत रहेका माओवादीका पोलिटब्युरो सदस्य हेमराज भण्डारीलाई सिफारिस गरेको छ माओवादीले प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारका लागि गायक शम्भु राइसहित तिलकप्रसाद राई र प्रेम दालाहाङको नाम सिफारिस गरेको छ ।
त्यस्तै केन्द्रले प्रदेश क को प्रत्यक्ष तर्फ भुमिराज देवान,भरतसिंह राई, शोनाम लामा र इन्द्र खत्रि तथा समानुपातीक तर्फ ऋषिराम ढुंगना , डिल्लीराम राई,स्मीता निरौला, हेमचन्द्र किराती,विष्णुमाया कन्दङवालाई सिफारीस गरेको छ ।
प्रदेश ख प्रत्यक्ष तर्फ नगेन्द्र गहतराज,कुशुम कुमारी श्रेष्ठ,दुर्गा कुवर र मुक्ती बजगाई सिफारीसमा परेका छन ।  प्रदेश ख समानुपातिक तर्फ विष्णु पारघरी,युगल राई, सरिता बराईली, दिपक आले मगर र चिरन्जीवी राईलाई सिफारीस गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेता हेमराज भण्डारीले सधै गठबन्धन र सहमतिको नाममा आफुहरु र पार्टीलाइ जिल्लामा पछि पारिएको र माओवादीको अस्थित्व नै नामेट पार्न खोजेको भन्दै यस पटक प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ आफ्नो उम्मेदवारी रहेको बताए । अन्य दलहरुले धनकुटाको दीर्घकालीन बिकासका लागि केहि गर्न नसकेको भन्दै उनले धनकुटाको विकास र संमृद्धीको लागि माओवादी बाहेक अन्य विकल्प नरहेको ठोकुवा गरे ।