२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

साहित्यकार केशु विरही र कलाकर्मी गणेश लामा सम्मानित हुँदै

Author Uttari Morang
शुक्रबार, माघ १९, २०८०
साहित्यकार केशु विरही र कलाकर्मी गणेश लामा सम्मानित हुँदै

लेखक, साहित्यकार तथा पत्रकार केशु विरही कलाकर्मी गणेश लामा ‘आसुँ’ लाई बेलबारी साहित्य बिकास समितिले सम्मान गर्ने भएको छ ।

लेखन, पत्रकारिता तथा साहित्यको माध्यमबाट नेपाली समाजलाई योगदान पुर्याए बापत आएका विरही नगद २५ हजारसहित बेलबारी साहित्य सम्मानबाट सम्मानित हुन लागेका हुन् । त्यस्तै कला क्षेत्रमा विशेष योगदान पुर्याए बापत गणेश लामा ‘आँसु’ लाई नगद १५ हजारसहित बेलबारी कला सम्मानबाट सम्मानित गरिनेछ ।
संस्थाका सचिव धनजीत पराजुलीले संस्थाको माघ २७ गते हुने छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनका दिन दुवैजनालाइ सम्मान प्रदान गर्न लागिएको बताए ।

कथा, उपन्यास, बालसाहित्य तथा अनुसन्धानमुलक कृतिका क्षेत्रमा कलम चलाउँदै आएका विरहीका कहालीलाग्दा गोरेटाहरू (उपन्यास) सहलेखन –२०५६, आमाको माया (उपन्यास) –२०५७, दन्किएको आगो (गजल सङ्ग्रह) –२०६३, सुस्केरा (संयुक्त साहित्यिकसङ्ग्रह) –२०६३, भास्कर वंशावली (वंशावली) –२०६५, सुलोचना (कथासङ्ग्रह) –२०७१, रेस्माको स्यान्डल (बालकथासङ्ग्रह) –२०७७ आदि विधा साहित्यका कृति प्रकाशित भइसकेका छन् भने २०७९ मा अनुसन्धानात्मक कृति बेलबारीको साहित्यिक इतिहास प्रकाशित भएको छ ।
लामा विगत लामो समयदेखि कला (आर्ट्स) का माध्यमबाट योगदान दिँदै आएका व्यक्ति हुन् ।

संस्थाले बेलबारीमा साहित्य र कलाका क्षेत्रमा विशेष योगदान दिने एक एक जनालाई स्रष्टा तथा कलाकारलाई सम्मानित गर्दै आएको छ । यसअघि बेलबारी साहित्य सम्मानबाट रमेश लामा, हर्कमान तामाङ र इरान राई सम्मानित भइसकेकका छन् भने बेलबारी कला सम्मानबाट श्याम गौतम, शिव छाङ्छा राई र मेघबहादुर कार्की सम्मानित भइसकेका छन् ।