२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

पथरी जेसीजद्वारा अक्षयकोष स्थापनाका ५१ हजार रुपैयाँ सहयोग

Author Uttari Morang
आइतबार, जेठ २०, २०८१
पथरी जेसीजद्वारा अक्षयकोष स्थापनाका ५१ हजार रुपैयाँ सहयोग

मोरङको पथरी शनिश्चरे वडा नम्बर ४ मा रहेको जनकल्याण आधारभुत विद्यालयका अति विपन्न तथा गरिब छात्रछात्राको लागि पथरी जेसीजले अक्षय कोष स्थापनार्थ रकम सहयोग गरेको छ ।
आज आइतबार जरायो टोलस्थित सो विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच ५१ हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापनाका लागि रकम हस्तान्तरण गरिएको हो।
वडा नम्बर ४ का वडाध्यक्ष लोकीरण न्यौपानेको प्रमुख अतिथितामा आयोजित सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक आनन्द घिमिरे तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर गुरुङलाई पथरी जेसिस वर्ष २४ का अध्यक्ष तथा जेसीआइसिनेटर राजकुमार विश्वकर्माले सो रकम हस्तान्तरण गर्नुभएको थियो।
उक्त अवसरमा पथरी जेसिसका अध्यक्ष राजकुमार विश्वकर्माले अक्षयकोषको ब्याजबाट हरेक वर्ष अति गरिब तथा विपन्न वर्गका छात्र छात्राहरूलाई आवश्यक कपी, किताव, लत्ता कपडा लगायतका सामग्रीहरू खरिद गरी प्रदान गर्ने उद्देश्यले विद्यालय प्रशासनलाई रकम हस्तान्तरण गरिएको बताउनुभयो।
हस्तान्तरण कार्यक्रममा पथरी जेसिसकी महासचिव निर्मला भट्टराई, उपाध्यक्ष हिमाल सेन्चुरी सचिव अमर नेपाली कोषाध्यक्ष पूजा थापा लगायत जेसिस पदाधिकारी, शिक्षक शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।